२२ साउन, हेटौँडा । वैज्ञानिकहरुले पृथ्वीको जमिन सतहमा पुगिरहेको अतुलनीय क्षतिको कडा आलोचना गरेका छन् । हामीले जमिनको शोषण गर्दैगर्दा त्यसले माटो खराब बनाउनुका साथै मरुभूमीकरण बढाएको छ भने वनजङ्गल विनाश भएका छन् जसले वन्यजन्तुलाई प्रत्यक्ष असर गरिरहेको र नदिनाला पनि सुक्दै गइरहेको उनीहरुले बताएका हुन् ।
यस्तोमा हामीले जमिनलाई जलवायु परिवर्तनसँग लड्न सक्ने कुरा बनाउनुको सट्टा उल्टो यसलाई कार्बनकै श्रोतमा परिणत गराइरहेको उनीहरुको गुनासो छ । त्यसैले मौसमले भयानक रुप लिनु अगावै हामीले जमिनको दुरुपयोग बन्द गर्नुपर्ने उनीहरुले चेतावनी दिएका हुन् ।
खेती नगरिएका जमिनमा हुने रुखबिरुवाले वातावरणलाई तातो हुनबाट जोगाउँछ किनकी तिनले कार्बन ग्यास सोस्नुका साथै जमिन र माटोलाई पनि राम्रो अवस्थामा राख्छन् । यसरी अहिले विश्वभर उत्सर्जन भइरहेको एक चौथाइ ग्रिनहाउस ग्यास जमिनको दुरुपयोगबाटै भइरहेको बताइएको छ ।
यसबीच बिरुवाबाट बनाइने सामग्री, काठदाउरा, जीवजन्तु, पेपर र बढ्दो जनसङ्ख्याको माग पूरा गर्न जमिनको माग सम्बन्धी प्रतिस्पर्धा र लडाईँ समेत हुने दिन नजिक आइरहेको उनीहरुले बताएका हुन् । रिपोर्टका अनुसार यसले हामीलाई पृथ्वीको माटो उपयोग गर्ने सम्बन्धी भविष्यमा अत्यन्तै कठिन छनौट गर्नुपर्ने हुन्छ ।
त्यसैगरी रातो मासुका लागि मान्छेको बढ्दो भोकले पनि हाम्रो जमिनलाई एकदम धेरै दबाब दिइरहेको छ । मासुका लागि जीवजन्तु पाल्दा त्यसबाट उत्सर्जन हुने मिथेन ग्यास पनि मुख्य ग्रिनहाउस ग्यासमा पर्दछ । रिपोर्टका अनुसार विश्वका आधा भन्दा बढी ग्रिनहाउस ग्यास गाइवस्तु पालनबाटै हुने गरेको छ ।
यसै हप्ता वैज्ञानिक र सरकारी अधिकारीहरुले संयुक्त राष्ट्र संघको अन्तर सरकारी प्यानल आइपीसीसीको जलवायु परिवर्तन सम्बन्धी डक्युमेन्ट अन्तिम अध्ययनका लागि तयार गरेका हुन् । सो रिपोर्ट हालसम्मकै सबैभन्दा आधिकारिक हुने भएपनि जमिनको शोषण र दुरुपयोग सजिलै रोक्न नसकिने उनीहरुको निष्कर्ष छ ।
यसरी अहिले हामी जमिनलाई कार्बन–डाइअक्साइड समाधानका रुपमा प्रयोग गर्ने वा यसैलाई उत्सर्जनको श्रोत बनाउने भन्नेको सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ ।
उदाहरणका लागि हामीले पूर्वी बेलायतलाई लिन सक्छौँ जहाँ प्राकृतिक अवस्थामा पर्याप्त पानी हुनु पर्ने हो । तर समयसँगै त्यसको ९९ प्रतिशत खेतीले सोसिसकेको बताइएको छ । यसमा बाँकी १ प्रतिशत भने च्यारिटी नेस्नल ट्रस्टले लिएको छ जहाँ नरम कालो माटो चार मिटर गहिरोसम्म भेट्टाइन्छ । यसरी प्रत्येक वर्ष १ देखि २ प्रतिशत माटो, खेती गर्दैगर्दा बाँजो छाडेर नाश हुने गरेको बताइएको छ । यसबाट गरिब किसानहरु सबैभन्दा बढी प्रभावित हुने बताइएको छ । (साभारः बाह्खरी)
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















