Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

जमिनको शोषण बन्द गर्न वैज्ञानिकहरुको चेतावनी

stop_abusing_lands_106251-1565142454.jpg

२२ साउन, हेटौँडा । वैज्ञानिकहरुले पृथ्वीको जमिन सतहमा पुगिरहेको अतुलनीय क्षतिको कडा आलोचना गरेका छन् । हामीले जमिनको शोषण गर्दैगर्दा त्यसले माटो खराब बनाउनुका साथै मरुभूमीकरण बढाएको छ भने वनजङ्गल विनाश भएका छन् जसले वन्यजन्तुलाई प्रत्यक्ष असर गरिरहेको र नदिनाला पनि सुक्दै गइरहेको उनीहरुले बताएका हुन् । 
यस्तोमा हामीले जमिनलाई जलवायु परिवर्तनसँग लड्न सक्ने कुरा बनाउनुको सट्टा उल्टो यसलाई कार्बनकै श्रोतमा परिणत गराइरहेको उनीहरुको गुनासो छ । त्यसैले मौसमले भयानक रुप लिनु अगावै हामीले जमिनको दुरुपयोग बन्द गर्नुपर्ने उनीहरुले चेतावनी दिएका हुन् । 
खेती नगरिएका जमिनमा हुने रुखबिरुवाले वातावरणलाई तातो हुनबाट जोगाउँछ किनकी तिनले कार्बन ग्यास सोस्नुका साथै जमिन र माटोलाई पनि राम्रो अवस्थामा राख्छन् । यसरी अहिले विश्वभर उत्सर्जन भइरहेको एक चौथाइ ग्रिनहाउस ग्यास जमिनको दुरुपयोगबाटै भइरहेको बताइएको छ । 
यसबीच बिरुवाबाट बनाइने सामग्री, काठदाउरा, जीवजन्तु, पेपर र बढ्दो जनसङ्ख्याको माग पूरा गर्न जमिनको माग सम्बन्धी प्रतिस्पर्धा र लडाईँ समेत हुने दिन नजिक आइरहेको उनीहरुले बताएका हुन् । रिपोर्टका अनुसार यसले हामीलाई पृथ्वीको माटो उपयोग गर्ने सम्बन्धी भविष्यमा अत्यन्तै कठिन छनौट गर्नुपर्ने हुन्छ । 
त्यसैगरी रातो मासुका लागि मान्छेको बढ्दो भोकले पनि हाम्रो जमिनलाई एकदम धेरै दबाब दिइरहेको छ । मासुका लागि जीवजन्तु पाल्दा त्यसबाट उत्सर्जन हुने मिथेन ग्यास पनि मुख्य ग्रिनहाउस ग्यासमा पर्दछ । रिपोर्टका अनुसार विश्वका आधा भन्दा बढी ग्रिनहाउस ग्यास गाइवस्तु पालनबाटै हुने गरेको छ । 
यसै हप्ता वैज्ञानिक र सरकारी अधिकारीहरुले संयुक्त राष्ट्र संघको अन्तर सरकारी प्यानल आइपीसीसीको जलवायु परिवर्तन सम्बन्धी डक्युमेन्ट अन्तिम अध्ययनका लागि तयार गरेका हुन् । सो रिपोर्ट हालसम्मकै सबैभन्दा आधिकारिक हुने भएपनि जमिनको शोषण र दुरुपयोग सजिलै रोक्न नसकिने उनीहरुको निष्कर्ष छ । 
यसरी अहिले हामी जमिनलाई कार्बन–डाइअक्साइड समाधानका रुपमा प्रयोग गर्ने वा यसैलाई उत्सर्जनको श्रोत बनाउने भन्नेको सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ । 
उदाहरणका लागि हामीले पूर्वी बेलायतलाई लिन सक्छौँ जहाँ प्राकृतिक अवस्थामा पर्याप्त पानी हुनु पर्ने हो । तर समयसँगै त्यसको ९९ प्रतिशत खेतीले सोसिसकेको बताइएको छ । यसमा बाँकी १ प्रतिशत भने च्यारिटी नेस्नल ट्रस्टले लिएको छ जहाँ नरम कालो माटो चार मिटर गहिरोसम्म भेट्टाइन्छ । यसरी प्रत्येक वर्ष १ देखि २ प्रतिशत माटो, खेती गर्दैगर्दा बाँजो छाडेर नाश हुने गरेको बताइएको छ । यसबाट गरिब किसानहरु सबैभन्दा बढी प्रभावित हुने बताइएको छ । (साभारः बाह्खरी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार