२२ साउन, हेटौँडा । हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोर विजोर प्रणालीमा सुमो संचालन हुने भएको छ ।
स्थानीय व्यवसायीले सवारी संचालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको उपस्थितिमा मंगलबार बसेको बैठकले गत आर्थिक बर्षमा मूख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा मूख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोर बिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो । समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी रुटमा जोर विजोर प्रणाली लागु गरी सुमो संचालन गर्ने यसअघि निर्णय भएकोमा यसलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोबर गाउँपालिकाका ग्रामिण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता बस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक संचालन गर्न पाउने, गर्मीयाममा विहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि र जाडो याममा विहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रक प्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निणर््य भएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, २ नम्बर वडा अध्यक्ष राजुमान महर्जन, ३ नम्बर वडा अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















