Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल माल्दिभ्ससँग बुधवार भिड्दै

women-tem-1482844549.JPG

नवीन तिमल्सिना
१२ पुस, भारत (सिलिगुडी) ।
चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुँदैछ । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा समूह ए मा रहेको नेपालले दोस्रो खेल बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग खेल्नेछ ।
पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६—० ले समूह चरणमा पराजित गरेको थियो । सन् २०१२ मा पनि नेपालले माल्दिभ्सलाई ५—० ले पराजित गरेको थियो । उक्त साफमा माल्दिभ्ससँगको खेलमा नेपालकी जमुना गुरुङले ह्याट्रिक गरेकी थिइन् । खेलमा १ गोल गरेकी दीपा अधिकारी अहिलेको टिममा छन् ।
माल्दिभ्सलाई हराउने आत्मविश्वासका साथ नेपाल मैदान प्रवेश गर्दैछ भने माल्दिभ्स त्यसको बदला लिने योजनामा छ । प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
माल्दिभ्समाथिको जीत सुनिश्चितः प्रशिक्षक थापा
माल्दिभ्सविरुद्ध बुधवार हुने खेलमा तयार रहेको नेपाली टोलीले जीत सुनिश्चित रहेको दाबी गरेको छ । नेपालका प्रशिक्षक कुमार थापाले माल्दिभ्ससँगको खेलमा पनि जीत आफ्नै पोल्टामा पर्ने विश्वास व्यक्त गरे ।
‘६५ प्रतिशत हामीले गेम जित्ने सम्भावना छ,’उनले भने,‘विपक्षी टिमको खेल हेरेर रणनीति बनाउँछौ, खेल जित्नलाई समस्या छैन । जीत सुनिश्चित छ’ यो प्रतियोगितामा माल्दिभ्सले नेपाललाई हराउन सकेको छैन । प्रशिक्षक थापाले भने,‘ माल्दिभ्ससँगको खेलमा हामी नै हाबी हुन्छौं, खेलाडीले उच्च मनोबलका साथ खेल्छन् भन्ने विश्वास छ । ’
नेपालका टिम क्याप्टेन रेणुका नगरकोटीले माल्दिभ्ससँगको खेलको नजिता हाम्रै पक्षमा पार्ने गरी तयारी गरेको बताइन् । ‘ यो प्रतियोगितामा हामी ३ पटकसम्म उपविजेता भएका छौ,’ नगरकोटीले भनिन्,‘ यो पटक विजेता बन्ने गरी नै आएका छौं, टिम वर्क राम्रो भयो भने खेलमा जीत हासिल गर्न सकिन्छ ।’ भुटान भन्दा माल्दिभ्स राम्रो टिम भएकोले सोही अनुसारको रणनीति बनाएर खेल खेल्ने उनले बताइन् ।
भुटानको खेलमा एक्लै ६ गोल गरेकी सावित्रा भण्डारीले माल्दिभ्ससँगको खेलमा पनि राम्रो खेल प्रदर्शन गर्ने बताइन् । ‘ भुटान भन्दा माल्दिभ्सको टिम राम्रो छ,’ उनले भनिन्,‘ बरियता र खेलमा हामी नै माथि छौ, विपक्षीलाई कमजोर ठान्नु हुँदैन, सोही अनुसारकै तयारी हामीले पनि गरेका छौ । ’
प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगलादेश छन् । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार