Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रिलायन्स स्कुलमा आयोजित आँखा शिविर सम्पन्न

DSC_0023-1565168217.JPG


२२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन ।
हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा बुधबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।
बुधबारको शिविरमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय २० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४ जनामा आँखा समस्या देखिएको परीक्षणमा संलग्न सामुदायीक आँखा अस्पतालकी बरिष्ठ नेत्र साहायक रिना खड्गीले बताईन । आँखामा समस्या भएकालाई आँखा अस्पतालमा थप उचारका लागी रेफर गरिएको छ ।
शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र साहायक खड्गी सहित नेत्र साहायक सबिता क्षेत्री, आँखा स्वास्थ्य सेवक इन्द्रिका चौधरी, आइ बैंक प्राविधि अमेन्द्र कुमार शर्माको सहभागिता रहेको थियो ।
नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरिएको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताए ।
यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत विद्यार्थीहको आँखा शिविर सञ्चालन गरिएको जानकारी दिए ।

 

IMG_20190807_105404-1565168224.jpg
IMG_20190807_105651-1565168228.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार