२२ साउन, हेटौँडा । हेटौँडा–१८ मा रहेको पञ्चकन्या आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा निर्माण कम्पनी स्वच्छन्द/खानी/बानियाँ जेभीका प्रतिनिधि कपिल बानियाँले विद्यालयको साँचो भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई (शिक्षा) प्रमुख बद्रीबहादुर पाठकलाई हस्तान्तरण गरेका थिए भने पाठक, प्रदेशसभा सदस्य पुलामी र १८ नम्बरका वडा अध्यक्ष अनिल बानियाँले संयुक्र रुपमा विद्यालयका अध्यक्ष विमल बानियाँलाई साँचो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य पुलामी, प्राधिकरण शिक्षा प्रमुख पाठक, वडा अध्यक्ष बानियाँ, जाईका परामर्शदाता रोजेशगोविन्द श्रेष्ठ, अभिभावक गोपाल न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य दिपेन्द्र बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ कोठे २ तल्ले २ वटा भवन र शौचालय जापानको ‘ओडिए ऋण’ अन्तरगत १ करोड ९३ लाख ८ हजार ८ सय ७५ रुपैँयामा निर्माण भएको हो । निर्माण कम्पनीले २०७३ असोजमा काम शुरु गरी २०७५ चैत १७ गते भवन निर्माण सम्पन्न भएको थियो ।
पुर्ननिर्माणमा परेका मकवानपुरका ४१ वटा विद्यालय मध्ये बानियाँलाई पहिलो प्याकेज अन्तरगत ७ वटा विद्यालय निर्माणको ठेक्का परेको थियो । पञ्चकन्याको भवन हस्तान्तरणसंगै ७ वटै विद्यालय भवन हस्तान्तरण सम्पन्न भएको प्राधिकरण शिक्षा इकाई प्रमुख पाठकले जानकारी दिए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















