Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

औषधी र सेवा सहज गर्न बनाउन तरुण दलको सुझावपत्र

Tarun2-1565178994.jpg

२२ साउन, हेटौंडा । हेटौंडा अस्पतालको सेवा प्रवाहमा भइरहेको कमजोरीलाई सच्चाउन आग्रह गर्दै नेपाल तरुण दल मकवानपुरले बुधबार अस्पताल प्रशासनलाई सुझावपत्र बुझाएको छ । अस्पतालमा तरुण दल मकवानपुरले स्थलगत अवलोकन गर्दा धेरै कमी कमजोरी भेटिएको भन्दै तरुणले अस्पताल अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टलाई सुझावपत्र पेश गरेको हो । 
स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको सेवा प्रवाहलाई चुस्त दुरुस्त पारी नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्नु अस्पतालका कर्मचारी, डाक्टर, अस्पताल प्रशासनलगायत सरोकारवालाको दायित्व भएको भन्दै तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठलाई चार बुँदे सुझावपत्र हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा आउने बिरामीको चाप धेरै हुँदा शुल्क बुझाउन, डाक्टर कुर्न तथा औषधि लिन घण्टौं लाइन बस्नुपर्ने अवस्था आएकाले काउन्टर संख्या बढाई छिटो र सहज सेवा दिन तथा जनशक्ति थप गर्न तरुणले सुझाव दिएको छ । साथै अस्पतालमा निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिहरुमध्ये सबै औषधि उपलब्ध नहुने गरेकाले औषधिको व्यवस्था गर्न पनि माग गरिएको छ । 
अस्पतालमा रेबिज, टिटनाशक जस्ता रोगविरुद्धको सुई उपलब्ध नहुँदा बिरामी मर्कामा परेको विषयमा पनि तरुणको ध्यानाकर्षण भएको छ । अस्पताल परिसर, बिरामी कक्ष, शौचालयलगायतका स्थानमा प्रयाप्त सरसफाई नभएको पाइएकाले त्यतातर्फ पनि ध्यान दिन आग्रह गरिएको छ । तरुणले यसअघि गरेको ध्यानाकर्षणबाट अस्पतालमा एटिएम सेवा, टिकटमा टोकन प्रणालीलगायतका सेवा सुधार भएको भन्दै अन्य कमजोरीहरु पनि सच्याउँदै अघि बढ्न आग्रह गरिएको छ ।
सुझावपत्र बुझाउने कार्यक्रममा तरुण दल मकवानपुरका सचिवद्वय सचित थापा, सन्तोष सापकोटा, सहसचिव निरशंकर लामा, सदस्य राजु नेपाल, सञ्जय पाठकलगायतको उपस्थिति रहेको थियो ।

Tarun1-1565179037.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार