Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

खानपान र जीवनशैली मधुमेहका मुख्य कारण

dai_betes_1654520545-1565226772.jpg

२३ साउन, हेटौँडा । खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ । परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा दोस्रो नम्बरमा मधुमेह देखिएको थियो । 
उक्त अध्ययनमा मधुमेहका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११ दशमलव पाँच प्रतिशतमा देखिएको छ भने सबैभन्दा कम मधुमेहका बिरामीहरु कर्णाली प्रदेशमा देखिएका छन् । जुन ३ दशमलव २ प्रतिशतमा देखिएको छ ।
त्यसैगरी, प्रदेश १ मा ७ दशमलव ७ प्रतिशत मानिसमा मधुमेह देखिएको छ भने प्रदेश २ मा ८ दशमलब ५ प्रतिशत मानिसमा देखिएको छ । 
गण्डकी प्रदेशमा ६ दशमलव ७ मानिस मधुमेहबाट ग्रसित रहेका छन् । प्रदेश ५ मा ९ दशमलव ६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २  प्रतिशत प्रभावित भएका छन् ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योती भट्टराईले पछिल्लो समय खानपान जीवनशैलीका कारण ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा मधुमेह रोग बढी देखिने गरेको बताए । 
“परिवारको कुनै सदस्यलाई मधुमेह भएको छ भने त्यो परिवारको अन्य सदस्यलाई पनि मधुमेह हुने खतरा बढी हुन्छ,” उनले भनिन्, “गर्भवती महिलामा मधुमेह भएको छ भने उसको बच्चालाई पनि मधुमेह हुने खतरा बढी हुन्छ ।”
उनले परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्ने बताए । मधुमेह रोग विशेषज्ञ डा. सन्देश पन्थीले पहिला–पहिला ४० वर्ष नाघेपछि देखिने मधुमेह रोग पछिल्लो समय २० वर्ष नाघेपछि नै देखिने गरेको बताए । 
“कतिपयमा विना लक्ष्ण नै मधुमेह देखिने गरेको छ,” उनले भने, “मधुमेहको लक्षण देखिएमा शरिर आलस्य हुने, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, दृष्टिमा समस्या पैदा हुने, जिउ गलेको महसुस हुनु, धेरै मुख सुक्ने खुट्टामा घाउ हुने वा सुनिने र पेटमा समस्या आउने आदि समस्या देखिने हुन्छ ।”
मधुमेह रोग लागेका मानिसले सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने औषधी र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिने उनले बताए । 
नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने हुन्छ । हरेक स्वस्थ मानिसले वर्षमा एकपटक मधुमेहको चेकजाँच गराउनु पर्ने मधुमेह रोग विशेषज्ञहरुले बताएका छन् ।
मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय मधुमेह संगठनले जनाएको छ । हाल विश्वमा ४२ करोड मानिसमा मधुमेह रहेको संगठनले जनाएको छ । (साभारः बाह्खरी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार