Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बिल क्लिन्टन र मोनिका लिविन्स्कीको विषयमा टेलीसिरियल बन्ने

Bill-1565228800.jpg

File Photo

२३ साउन, हेटौँडा । अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी इन्टर्न मोनिका लिविन्स्कीबीचको अफेयर र महाभियोग प्रक्रियालाई नाटकीय प्रस्तुती गरिएको सामग्री अमेरिकी टेलिभिजनमा प्रसारण हुने भएको छ ।
अमेरिकी क्राइम स्टोरीको शृंखलाबद्ध प्रस्तुती अन्तर्गत सो नाटक टेलिभिजनमा प्रस्तुत हुन लागेको हो । त्यसको धारावाहिक प्रस्तुती अमेरिकामा आगामी वर्ष हुन लागेको राष्ट्रपति चुनावको समयमा हुने बताइएको छ । 
एफ एक्स शो नामको सो कार्यक्रमको प्रोडुसरको टोलीमा स्वयं लिविन्स्कीपनि रहने छिन् । सन् १९९९मा सो घटना विश्वकै चर्चाको विषय भएपनि त्यसपछि त्यो सेलाएको थियो ।  
लिविन्स्की पनि सार्वजनिक चर्चामा त्यति थिइनन् । नाटकमा नायिका बिनी फेल्डस्टेनले लिविन्स्कीको भूमिकामा खेल्ने भएकी छन् । 
सराह पाउल्सनले लिन्डा ट्रिपको भूमिका खेल्नेछन् । लिन्डा नामकी कर्मचारीले त्यतिबेला लिविन्स्कीको राष्ट्रपतिसँगको  प्राइभेट फोन कल रेकर्ड गरेकी थिइन् । 
बिल क्लिन्टन र हिलारीको भूमिकामा कसले खेल्ने भन्ने बारेमा अझै खुलिनसकेको जनाइएको छ । लिविन्स्की अहिले ४६ वर्षकी भएकी छन् । त्यतिबेला २२ वर्षको उमेरमा आफू भन्दा २७ वर्ष बढी उमेरका क्लिन्टनसँग सम्बन्धमा रहेकी थिइन् । (बाह्खखरी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार