Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न 

aaaa-1565230861.jpg

२३ साउन, हेटौँडा । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ, नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ ।
सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो । 
चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । 
उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक सुवास लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताए । 
सेमिनारमा संघका हेटौंडा संयोजक सुवास लामा, विरगंज शाखा संयोजक हरि बहादुर लोप्चन, चन्द्र बहादुर सुनार, राजु घलान, एक्का बहादुर घिसिङ्ग र जीवन घलानले प्रशिक्षण दिएका थिए ।
तीन दिन सम्म भएको कार्यक्रममा ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई बुधबार नै समापन कार्यक्रमको आयोजना गरी प्रमाणपत्र समेत वितरण गरिएको छ । 
तालिममा सहभागी भएका सहभागीहरुले तालिमबाट आफूहरुले सोच्दै नसोचेको जीवनोपयोगी ज्ञान सिकेको बताए ।
यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र धार्मिकतालाई लत्याएको अवस्थामा युुवा अन्तस्करणमा पुग्न गएका असरलाई मध्यनजर गर्दै नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु अन्तर्गत सेमिनार तथा गोष्ठीहरु देशव्यापीरुपमा संचालन गर्दै आईरहेको छ ।

adas-1565230861.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार