Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न 

aaaa-1565230861.jpg

२३ साउन, हेटौँडा । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ, नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ ।
सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो । 
चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । 
उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक सुवास लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताए । 
सेमिनारमा संघका हेटौंडा संयोजक सुवास लामा, विरगंज शाखा संयोजक हरि बहादुर लोप्चन, चन्द्र बहादुर सुनार, राजु घलान, एक्का बहादुर घिसिङ्ग र जीवन घलानले प्रशिक्षण दिएका थिए ।
तीन दिन सम्म भएको कार्यक्रममा ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई बुधबार नै समापन कार्यक्रमको आयोजना गरी प्रमाणपत्र समेत वितरण गरिएको छ । 
तालिममा सहभागी भएका सहभागीहरुले तालिमबाट आफूहरुले सोच्दै नसोचेको जीवनोपयोगी ज्ञान सिकेको बताए ।
यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र धार्मिकतालाई लत्याएको अवस्थामा युुवा अन्तस्करणमा पुग्न गएका असरलाई मध्यनजर गर्दै नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु अन्तर्गत सेमिनार तथा गोष्ठीहरु देशव्यापीरुपमा संचालन गर्दै आईरहेको छ ।

adas-1565230861.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
nepali-cricket-team-2-1750308459.jpg

५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750307708.jpg

५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

हेटौंडा १९ मा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
IMG_1053-1691907138-1750253146.png

४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९  नेवारपानीमा...

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना
IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...

मनहरी घर भएका *चन्द्रको बारामा बाघको आक्रमणबाट मृत्यु
download-1750228913.jpg

४ असार, हेटौंडा। मकवानपुरको  मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...

हेटौंडा १६ बाट ५ जना जुवाडे पक्राउ
102-1750211831.jpg

४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...

स्कटल्याण्ड नेपालसंग पराजित
20250618_070115-1750209399.jpg

४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1750208384.jpg

४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घट्यो
gold-1750141887.png

३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...

थप समाचार