Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

१८ महिनापछि मूख्यमन्त्रीले भने–‘काम शुरु गरेको पाँच महिना भयो’

Dormani-1565267375.jpg

२३ साउन, काठमाडौँ  । प्रदेश तीनको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको करिव १८ महिनापछि डोरमणी पौडेलले आफूहरुले वास्तविक काम शुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउँन अझै समय लाग्ने स्पष्टीकरण दिएका छन् ।
उनले नेतृत्व लिएको समय लामो भएतापनि संक्रमणकाल कायमै रहेको र त्यसबाट माथि उठ्न अझै समय लाग्ने बताएका छन्। एकात्मक शासन व्यवस्थाको सरकार रहेकाले संघीय अवधारणा र सिद्धान्त अनुरुप आफ्नो सरकारले उपलब्धी हाँसिल गर्न नसकेको उनको भनाई छ।
उनले भने, ‘यो १८ महिनाको बालकसँग धेरै ठूलो अपेक्षा गर्यौँ भने त्यो अपेक्षा पुरा गर्न सक्दैनौ। हामी कहाँ छौँ, कुन अवस्थामा छौँ, कसरी काम गरिरहेका छौँ भन्नेमा गहिरिएर हेर्यौँ भने यथार्थ थाहाँ हुन्छ । तर ५ महिनामा पनि ६१ प्रतिशत बजेट खर्च गर्न सक्नु आफ्नो सरकारको उपलब्धी भएको उनको दाबी थियो ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले हालसम्म तोक्न नसकिएको प्रदेश तीनको राजधानी संघीय सरकार बाहेक प्रदेशको कुनै पनि ठाउँमा हुन सक्ने आफ्नो मान्यताले अघि सारेका छन्। उनले पाँच वटा क्षेत्रको विकासका आधार मानेको र त्यसले समृद्धि हाँसिल हुने उनको भनाई छ।
मन्त्री पौडेलका पाँच विकासका आधार क्षेत्र उत्पादनमा वृद्धि, उद्योगकलकारखानाको विस्तार, पयर्टन क्षेत्रको सुधार लगायत परेका छन् ।
उनले आफ्नो सरकारबाट आधुनिक सामुहिक खेतीको काम सुरु भएको, फलफूल रोप्ने अभियान चलाएको उनको दाबी गरेका छन् । तर प्रदेश लोकसेवा आयोग गठन नहुँदा, कतिपय अधिकारमा संघ र प्रदेशमा स्पष्टताको अभावले काम गर्न समस्या परेको उनको विश्लेषण छ।
त्यसक्रममा करको आंतक, सडकको स्तरोन्नती, धूँवाधूलोको विकराल अवस्था, सरकारी स्वास्थ्य सेवा र शिक्षाको कमजोर अवस्था, भ्रष्टाचार, सरकारी सेवाको ढिलासुस्ती, बेरुजी लगायतका समस्या समाधान गर्न सुझाव दिएका थिए।
यस्तै प्रदेशहरुमा नयाँ कार्यक्रम ल्याउने नभई दिइरहेको सेवाको स्तर बढाउनेतर्फ लाग्नु पर्ने सुझाव पनि आएको थियो ।
साभार : देशसञ्चार


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार