२३ साउन, काठमाडौँ । प्रदेश तीनको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको करिव १८ महिनापछि डोरमणी पौडेलले आफूहरुले वास्तविक काम शुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउँन अझै समय लाग्ने स्पष्टीकरण दिएका छन् ।
उनले नेतृत्व लिएको समय लामो भएतापनि संक्रमणकाल कायमै रहेको र त्यसबाट माथि उठ्न अझै समय लाग्ने बताएका छन्। एकात्मक शासन व्यवस्थाको सरकार रहेकाले संघीय अवधारणा र सिद्धान्त अनुरुप आफ्नो सरकारले उपलब्धी हाँसिल गर्न नसकेको उनको भनाई छ।
उनले भने, ‘यो १८ महिनाको बालकसँग धेरै ठूलो अपेक्षा गर्यौँ भने त्यो अपेक्षा पुरा गर्न सक्दैनौ। हामी कहाँ छौँ, कुन अवस्थामा छौँ, कसरी काम गरिरहेका छौँ भन्नेमा गहिरिएर हेर्यौँ भने यथार्थ थाहाँ हुन्छ । तर ५ महिनामा पनि ६१ प्रतिशत बजेट खर्च गर्न सक्नु आफ्नो सरकारको उपलब्धी भएको उनको दाबी थियो ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले हालसम्म तोक्न नसकिएको प्रदेश तीनको राजधानी संघीय सरकार बाहेक प्रदेशको कुनै पनि ठाउँमा हुन सक्ने आफ्नो मान्यताले अघि सारेका छन्। उनले पाँच वटा क्षेत्रको विकासका आधार मानेको र त्यसले समृद्धि हाँसिल हुने उनको भनाई छ।
मन्त्री पौडेलका पाँच विकासका आधार क्षेत्र उत्पादनमा वृद्धि, उद्योगकलकारखानाको विस्तार, पयर्टन क्षेत्रको सुधार लगायत परेका छन् ।
उनले आफ्नो सरकारबाट आधुनिक सामुहिक खेतीको काम सुरु भएको, फलफूल रोप्ने अभियान चलाएको उनको दाबी गरेका छन् । तर प्रदेश लोकसेवा आयोग गठन नहुँदा, कतिपय अधिकारमा संघ र प्रदेशमा स्पष्टताको अभावले काम गर्न समस्या परेको उनको विश्लेषण छ।
त्यसक्रममा करको आंतक, सडकको स्तरोन्नती, धूँवाधूलोको विकराल अवस्था, सरकारी स्वास्थ्य सेवा र शिक्षाको कमजोर अवस्था, भ्रष्टाचार, सरकारी सेवाको ढिलासुस्ती, बेरुजी लगायतका समस्या समाधान गर्न सुझाव दिएका थिए।
यस्तै प्रदेशहरुमा नयाँ कार्यक्रम ल्याउने नभई दिइरहेको सेवाको स्तर बढाउनेतर्फ लाग्नु पर्ने सुझाव पनि आएको थियो ।
साभार : देशसञ्चार
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















