Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारी जग्गामा रहेको पार्टी कार्यालय हटाउन कांग्रेसको माग

Bishwo_Sharma_1_200026419-1565269413.jpg

२३ साउन, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको पार्टीको केन्द्रिय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ । 
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रिय कार्यालय जग्गाको भोगचलन सम्बन्धि नियम विपरित रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गरेका हुन् ।
नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रिय कार्यालय नियम विपरित भएको ठाउँबाट संचालन भईरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको प्रवक्ता शर्माले उल्लेग गरेका छन् । प्रवक्ता शर्माले नेकपाले सो कार्यालय त्यहाँ संचालन गरेर गम्भिर गल्ती गरेको दावी गर्दै क्षमायाचना गर्नुपर्ने तर्क पनि गरे ।
काँग्रेस प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाए । उनले नेकपाले छपाईका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।
लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ । प्रवक्ता शर्माले नेकपाले आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणबारे पार्टीको केन्द्रिय कार्य समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार