Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

जवान महिलाहरुमा बढ्दैछ हृदयघातको समस्या 

heart_attack_12_886056201-1565313537.jpg

२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् । 
पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । 
५ वर्षको अनुसन्धानमा जवान पुरुषहरुमा हृदयघातको दर केबल ३ प्रतिशतले वृद्धि भएको छ भने यता युवतीहरुमा चाहिँ यही रोग २१ प्रतिशतबाट ३१ प्रतिशत पुगी १० प्रतिशत वृद्धि भएको देखिएको हो ।
अनुसन्धान प्रमुख मेलिसाका अनुसार हाम्रो जनसङ्ख्या बूढो हुँदै गइरहेपनि युवा बिरामीहरुमा ह्दयघात बढी देखिनु असामान्य कुरा हो । यसकारण पनि यो विषयलाई  चिन्ताजनक मानिएको उनी बताउँछिन् । 
मुटुले पर्याप्त रगत प्राप्त गर्न नसक्दा नै मानिसलाई ह्दयघात हुने गर्दछ । हरेक वर्ष अमेरिकामा मात्र करिब ८ लाख मानिसलाई हृदय सम्बन्धी रोगका कारण ह्दयघात हुने गरेको छ जसलाई मृत्युको सबैभन्दा प्रमुख कारण मानिन्छ ।
विश्वव्यापी रुपमा पनि हृदय सम्बन्धी रोगबाट हुने ८५ प्रतिशत मृत्यु हृदयघात या स्ट्रोककै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । 
यसरी अमेरिकामा गरिएको विश्लेषणपछि ३० प्रतिशत अस्पताल भर्ना हुने बिरामी ३४ देखि ५४ वर्षको हुने गरेको पाइएको हो । सो समुहमा ह्दयघातका कारण भर्ना हुने युवकहरुको दर भने १९९५ देखि २०१४ का बीच कम भएको देखिएको छ तर यता जवान महिलाको सङ्ख्यामा भने उलेखनीय वृद्धि भएको हो । 
यसरी यो नतिजालाई वैज्ञानिकहरुले आश्चर्यजनक मानिरहेका छन् र यसको कारणबारे विभिन्न विवाद भइरहेको बताइएको छ । कसैले यसमा मोटोपना जस्ता कारक जिम्मेवार हुन सक्ने अनुमान गरेका छन् भने निद्राको कमी, उच्च रक्तचाप र तनाव लगायतका कारण पनि यस्तो भइरहेको हुन सक्ने बताएका छन् । 
पछिल्लो समय मानिसहरु शारीरिक रुपमा सक्रिय नभएर आफ्नो टेबलमै बढी समय बिताउने गरेकाले पनि शारीरिक अभ्यासको कमीका कारण यस्तो नतिजा निस्किएको  बताइएको छ । गत वर्ष प्रकाशित एक जर्नलमा ५५ वर्ष भन्दा मुनिका युवामा, पुरुषहरुको तुलनामा महिलाहरुमा ह्दयघातको लक्षण बढी देखा पर्ने गरेको बताइएको थियो । तर छाति दुख्ने जस्ता लक्षण देखिएपनि अधिकंश महिलालाई यसबारे थाहा नहुने गरेको बताइएको छ । (बाह्खरी÷सीएनएन)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार