२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् ।
पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ ।
५ वर्षको अनुसन्धानमा जवान पुरुषहरुमा हृदयघातको दर केबल ३ प्रतिशतले वृद्धि भएको छ भने यता युवतीहरुमा चाहिँ यही रोग २१ प्रतिशतबाट ३१ प्रतिशत पुगी १० प्रतिशत वृद्धि भएको देखिएको हो ।
अनुसन्धान प्रमुख मेलिसाका अनुसार हाम्रो जनसङ्ख्या बूढो हुँदै गइरहेपनि युवा बिरामीहरुमा ह्दयघात बढी देखिनु असामान्य कुरा हो । यसकारण पनि यो विषयलाई चिन्ताजनक मानिएको उनी बताउँछिन् ।
मुटुले पर्याप्त रगत प्राप्त गर्न नसक्दा नै मानिसलाई ह्दयघात हुने गर्दछ । हरेक वर्ष अमेरिकामा मात्र करिब ८ लाख मानिसलाई हृदय सम्बन्धी रोगका कारण ह्दयघात हुने गरेको छ जसलाई मृत्युको सबैभन्दा प्रमुख कारण मानिन्छ ।
विश्वव्यापी रुपमा पनि हृदय सम्बन्धी रोगबाट हुने ८५ प्रतिशत मृत्यु हृदयघात या स्ट्रोककै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
यसरी अमेरिकामा गरिएको विश्लेषणपछि ३० प्रतिशत अस्पताल भर्ना हुने बिरामी ३४ देखि ५४ वर्षको हुने गरेको पाइएको हो । सो समुहमा ह्दयघातका कारण भर्ना हुने युवकहरुको दर भने १९९५ देखि २०१४ का बीच कम भएको देखिएको छ तर यता जवान महिलाको सङ्ख्यामा भने उलेखनीय वृद्धि भएको हो ।
यसरी यो नतिजालाई वैज्ञानिकहरुले आश्चर्यजनक मानिरहेका छन् र यसको कारणबारे विभिन्न विवाद भइरहेको बताइएको छ । कसैले यसमा मोटोपना जस्ता कारक जिम्मेवार हुन सक्ने अनुमान गरेका छन् भने निद्राको कमी, उच्च रक्तचाप र तनाव लगायतका कारण पनि यस्तो भइरहेको हुन सक्ने बताएका छन् ।
पछिल्लो समय मानिसहरु शारीरिक रुपमा सक्रिय नभएर आफ्नो टेबलमै बढी समय बिताउने गरेकाले पनि शारीरिक अभ्यासको कमीका कारण यस्तो नतिजा निस्किएको बताइएको छ । गत वर्ष प्रकाशित एक जर्नलमा ५५ वर्ष भन्दा मुनिका युवामा, पुरुषहरुको तुलनामा महिलाहरुमा ह्दयघातको लक्षण बढी देखा पर्ने गरेको बताइएको थियो । तर छाति दुख्ने जस्ता लक्षण देखिएपनि अधिकंश महिलालाई यसबारे थाहा नहुने गरेको बताइएको छ । (बाह्खरी÷सीएनएन)
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















