Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–६ र ७ मा डेंगुको ‘खोजि र नष्ट’ अभियान

Dengue-1565360489.jpg

२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाईले हेटौँडा वडा नम्बर ६ र ७ मा शुक्रबार डेंगुका सार्ने लामखुट्टेका लार्भा र प्युपाको ‘खोजी तथा नष्ट’ अभियान संचालन गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा डेंगुका विरामी बढेसंगै अभियान संचालन गरिएको हो । 
वडा नम्बर ६ मा भएको कार्यक्रममा बंशगोपाल स्कूल छेउछाउको क्षेत्रमा खोजि एवं नष्ट अभियान संचालन गरिएको थियो । यसक्रममा डेंगु सार्ने लामखुट्टाका लार्भा र प्युपा भेटिएका थिए । कार्यक्रममा वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष राजकुमार बास्तोला, नगरकार्यसमिति सदस्य कल्पना विक, वडा सदस्यहरु रामहरी राई, शुभद्रा तिमल्स्निा, नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्की, मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाई, टोल विकास संस्थाका पदाधिकारीहरु, क्लवका प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, हेटौँडा वडा नम्बर ७ मा पनि वडा अध्यक्ष राजन थापा लगायतको उपस्थिति शुक्रबार नै अभियान संचालन गरिएको थियो ।
डेंगु सार्ने लामखुट्टेका लार्भा र प्युपा फालिएका टायर, प्लाष्टिकका बोतल, गमला, गाईबस्तुलाई पानी खुवाउने डुँड, ड्रम लगायतमा रहेको सफा पानीमा पाईने भएकाले यसतर्फ सचेत रहन र बासस्थान नै नष्ट गर्न स्वास्थ्यकर्मीहरुको सुझाव छ । अभियानमा प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय लगायतका निकायहरु जुटेका छन् । हेटौँडामा मात्रै ८७ जनामा डेंगु फेला परिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार