१३ पुस, मनहरी । मकवानपुरे गायक तथा संकलन बुद्धिमान घिसिङ अर्का एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छन् । उनले नयाँ एल्बमका लागि हालसालै ‘छोडी जाने निस्ठुरिलाई’ बोलको आधुनिक गीतको शब्द/संगीतमा गीत रेकर्ड गराएका छन् भने मकवानपुर मनहरीकै नवगायिका बिनिता लामाले गीतमा स्वर भरेकी छन् ।
गीतमा संगीत संयोजन बरिष्ठ संगीतकार बिनोद बाजुरालीले गरेका छन् । मालाश्री रेकर्डिङ स्टुडियोमा यो गीत हालैमात्र रेकर्ड भएर भिडियो निर्माण भइरहेको घिसिङले जानकारी दिए । भिडियो छायांकन भइरहेको ‘छोडी जाने निष्ठुरीलाई’ बोलको गीतमा दुर्गा पौडेलले छाँयांकन गरेका छन् भने चर्चित मोडल गीता राई र गायक घिसिङले नै मोडलिङ गरेका छन् । भिडियो निर्देशक बाबुराज केसी रहेका छन् । केही दिनमै दर्शकहरुमाझ गीत सार्वजनिक हुने छाँयाकंनमा ब्यस्त रहेका घिसिङले जानकारी दिए । यसअघि घिसिङले ‘छुट्टिमा घर आको’ एल्बममा सार्वजनिक गरेका थिए । सो एल्बममा घिसिङ र कुलेन्द्र बिक तथा बिष्णु माझीको स्वर रहेको थियो ।
त्यस्तै ‘घर छाडेर पर्या छ’ भन्ने एल्बममा भने एकनारायण भण्डराीको शब्द तथा रामजी खाँड र मुना थापाको आवाज समेटिएको थियो । उनको पछिल्लो ‘एल्बम चाहियो जागिर हुने’ र ‘आउने दशैँनी’ दुबै एल्बमको शब्द÷लय तथा स्वर घिसिङकै थियो । एल्बममा बिनु तामाङले आवाज भरेकी थिइन् । कृष्ण फिल्मस्मार्फत ती एल्बमहरु आएका थिए । यसपटक पनि कृष्ण फिल्मस्कै ब्यानरमा नयाँ एल्बमको काम भइरहेको घिसिङले बताए ।
(शिवकुमार काशीको सहयोगमा)
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















