Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूर्वराजाबारे दाहालको अभिव्यक्ति आपत्तिजनक : थापा

Kamal-Thapa-1565395549.jpg

File Photo

२५ साउन, काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् ।
केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्मविपरीत र अधिनायकवादको घोतक’ भएको तर्क गरे। ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने, ‘यो हतास र असुरक्षित मनस्थितिको उपज रहेको मैले बुझेको छु।’ रामेछापको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले राजालाई धेरै बकबक नगर्न चेतावनी दिँदै राजसंस्थाको वकालत गर्नेलाई ‘दास’ को संज्ञा दिएका थिए।
नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे। २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने थापाले जानकारी दिए ।
वरिष्ठ नेता दिपक बोहराले हिन्दुराष्ट्र कायम गर्दै राजालाई कुनै न कुनै रुपमा स्पेस दिनुपर्ने पक्षमा आफू रहेको भन्दै जनता आफ्नो एजेण्डाको पक्षमा रहेको दाबी गरे। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस कम्युनिष्टसँग जनता निरास भइरहेको तर्क गर्दै प्रतिपक्षले समेत भूमिका निर्वाह गर्न नसकेको माहोल आफूले उपयोग गर्नुपर्ने तर्क गरे।
प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता छ। पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् । केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७ सय ५३ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार