File Photo
२५ साउन, काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् ।
केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्मविपरीत र अधिनायकवादको घोतक’ भएको तर्क गरे। ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने, ‘यो हतास र असुरक्षित मनस्थितिको उपज रहेको मैले बुझेको छु।’ रामेछापको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले राजालाई धेरै बकबक नगर्न चेतावनी दिँदै राजसंस्थाको वकालत गर्नेलाई ‘दास’ को संज्ञा दिएका थिए।
नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे। २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने थापाले जानकारी दिए ।
वरिष्ठ नेता दिपक बोहराले हिन्दुराष्ट्र कायम गर्दै राजालाई कुनै न कुनै रुपमा स्पेस दिनुपर्ने पक्षमा आफू रहेको भन्दै जनता आफ्नो एजेण्डाको पक्षमा रहेको दाबी गरे। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस कम्युनिष्टसँग जनता निरास भइरहेको तर्क गर्दै प्रतिपक्षले समेत भूमिका निर्वाह गर्न नसकेको माहोल आफूले उपयोग गर्नुपर्ने तर्क गरे।
प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता छ। पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् । केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७ सय ५३ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ।
साभार : कान्तिपुर
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

