सुनिल शिवाकोटी
२५ साउन, हेटौँडा । प्रदेश ३को राजधानी हेटौँडा उपमहानगरसंग सिमाना जोडिएको एउटा गाँउपालिका हो मकवानपुर गढी गाउपालिका।
प्रदेशको राजधानी तथा उपमहानगरसंग सिमान जोडिएको भएपनि उक्त गाउपालिकाको वडा नम्बर १ का स्थानिय अझै बिद्युत सेवाबाट बन्चित रहेको भन्दा अचम्म लाग्न सक्छ तर यो बास्तविता हो ।
दुई तिहाईको ओलि सरकार र सरकारको घरघरमा सिंहदरबार भन्ने नारालाई कार्यन्व्यन गर्न नसक्दा गढी गाउपालिका १ मा पर्ने रानिसेरा, अन्नपानी, मैयाटार, आपटार, अम्बाटार लगायतका स्थानमा स्थानियहरु विद्युतिय सेवाबाट बन्चित बनेका हुन ।
तिन तहका सरकार गठनभइसक्दा पनि गढी गाउपालिका १ रानिसेरा, अन्नपानी, मैयाटार, आपटार, अम्बाटार लगायतका स्थानिए बासिन्दाहरु सौर्य उर्जामा जिवन बिताईरहेको देख्न पाईन्छ ।
कान्तिलोकपथको लेनडाडाँ भएर तथा दोभाचौर हुदै काठमाडौँ मधेश दृत्रमार्गको बुधुने भएर पुग्न सकिने उक्त स्थानका स्थानिय विद्युत विस्तार नहुदा बिद्युत सेवाबाट बन्चित बनेका हुन ।
कृषिमा आएको आधुनिकीकरणलाई आत्मसाथ गर्न नसक्दा र बिद्युत सेवाबाट बन्चित रहदा ग्रामिण भेगमा पर्ने उक्त स्थानका स्थानिए किसानहरु परम्परागत शैलीमा कृषि गर्न बाध्य बनेको स्थानिय कृषक बिर बहादुर लो ले बताएका छन ।
प्राय यहाँ सबैको घरमा सोलार छ, घाम लाग्दा सोलार र्चाज हुन्छ तर पानि पर्दा सोलार र्चाज नहुने भएकोले कहिले अँन्धकारमा बस्न बाध्य हुने गरेको लो ले बताए । उनले तिनै तहको निर्वाचन भएर सरकार गठन भईसक्दापनि जन्ताले अन्धकारमा बस्नुपर्ने समस्या रहेको बताएका छन।
रानिसोरा नजिकै आभारभुत विद्यालय रहेको छ तर बिद्युत नहुदा विद्युतिय उपकरण जस्तै कम्प्युर,ईमेल, ईन्टरनेट चलाउन नसक्दा विद्यार्थीहरु प्राविधिक शिक्षाबाट र तथा स्थानियहरु संचार सेवाबाट पनि बन्चित भएको स्थानिय माया स्यान्ताङ्ले बताईन ।
यता गढी गाँउपालिका वडा नम्बर १का वडाध्क्ष आईतसिं लो ले १ मा पर्ने रानिसेरा, अन्नपानी, मैयाटार, आपटार, अम्बाटार लगायतका स्थानमा विद्युत विस्तारका लागि काम अगाडी बढिरहेको बताउदै, बिद्युत लाईन बिस्तारका लागि पोल झारिसकेको र तार तान्ने काम भईरहेको बताएका छन । बर्खाले गर्दा काम गर्न समस्या भएको र बर्खा सकिए लगत्तै काम सुरु हुने बताएका छन ।
त्यसैगरी अन्नपानी, मैयाटार, आपटार, अम्बाटार बिद्युत विस्तार समितिका सचिव सुर्य बहादुर स्यान्ताङ्ले वडा कार्यालय भवन आपटार सम्म थ्रि फेज लाईन तानिसकेको र अहिले अन्य स्थानमा तार तान्नेकाम भईरहेकोले आउदो हिउद सम्म बत्ति बलिसक्ने बताएका छन ।सरकारले बैकल्पिक उर्जाको विकल्पको कुरा गरीरहदा प्रदेश ३को राजधानिको हेटौँडा संग सिमाना जोडिएको गाउँपालिकाको वडा नम्बर १को विभिन्न स्थानमा बिद्युत सेवा नपुग्नाले घरघरमा सिंहदरबार भन्ने सरकारको नाराले सार्थक्ता नपाउलाकी ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















