Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-४ हुप्र चौर अगाडी क्लोथ बैंकको सुरुवात

11-1565442553.jpg

२५ साउन, हेटौँडा । हेटौंडास्थित हुप्राचौरमा शनिवारदेखि क्लोथ बैंक सञ्चालनमा आएको छ । हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा क्लोथ बैंक सञ्चालनमा आएको हो । 
अभियानको आयोजनामा युवाहरुको एक समूहले पुराना लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु गरेका हुन् । हाम्रो लागि ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखेको जनाएका छन् ।
शनिबारमात्रै १० जनाले लुगा लिएर गएका छन् । विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको युवा अभियानका अध्यक्ष शाकार शिवाकोटीले बताए । गरिब असहायलाई सहयोग पुग्ने भन्दै क्लोथ बैँक सञ्चालनमा ल्याइएको शिवाकाटीको भनाई छ ।
शनिबारदेखि हेटौंडा ४ हुप्राचौर गेटस्थित सञ्चालनमा आएको उक्त बैंक एक फलामको सानो घरजस्तोमा कपडाहरु झुण्डाईएको छ । उक्त बैंकको हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले उद्दघाटन गरेका हुन् ।
सिग्देलले उद्घाटन गर्दै युवाहरुले गरेको कामको सफलताको शुभकामना व्यतm गरे । उनले सरकारले गर्नुपर्ने काम युवाहरुले सुरु गरेको भन्दै आफनो तर्फबाट पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै सहयोगी विद्यालयका प्राधानाध्यापक केशवलाल श्रेष्ठले कसैको सानो सहयोग बाट कसैको मुहारमा मुस्कान आउने काम यस युवा अभियानले गरेको बताएका । नयाँ सोचका साथ युवाहरु अघि बढ्ेको बताँउदै आफुहरुले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा वडाका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रि, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, पत्रकार देवराज पन्त, मानवी बानियाँ लागायतको उपस्थिती रहेको थियो । कार्यक्रममा हेटौंडा युवा अभियानका, पुनित पाठक, विकल्प बर्तौला, साकार शिवाकोटी, रोयल बानियाँ, विश्वास लटौला, दिक्षान्त श्रेष्ठ, सुशान्त लामीछाने, एैसन पौडेल लागयत युवाहरुको उपस्थिती थियो ।

12-1565442555.jpg
11111-1565442556.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार