२५ साउन, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यही भदौ १२ गते बिहीबारका दिन तीज विशेष कार्यक्रमको आयोजना गरी २ महिलालाई ‘जागरुक महिला सम्मान–२०७६ प्रदान गरिने रेडीयोले जनाएको छ ।
नगद १० हजार रुपैयाँसहित दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।
जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहाल, शर्मिला डंगोललगायतको समिति निर्माण गरिएको छ ।
जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी सम्मानित भैसकेका छन् ।
यस्तै २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा, २०७४ मा हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो भने गत बर्ष हाँडीखोलाका ईश्वरी न्यौपाने र हेटौंडा–२ का सूचना श्रेष्ठ पराजुलीलाई सम्मान गरेको थियो ।
जागरुक महिला सम्मान कार्यक्रमको आवश्यक तयारी अघि बढाइएको रेडियोका स्टेशन मेनेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणा प्रमुख अतिथि एवम सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको विशेष उपस्थिती रहने मेनेजर अधिकारीले बताए ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











