Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बल जर्सी छैन, राष्ट्रिय टिमबाट फुटबल खेल्ने आश

68453453_495336564553759_-1565504015.jpg

विक्रम कुमार बानियाँ
२६ साउन, हेटौँडा ।
बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले (एन्फा) ले ग्रासरुट फुटबल कार्यक्रम जारी राखेको छ । ८–१३ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर एन्फाले कार्यक्रम शुरु गरेको हो । ४५ जिल्लामा एकै उमेर समूहका बालबालिकालाई एकै समयमा प्रशिक्षण गराउँदै विद्यालयदेखि क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा सामेल गराइने कार्यक्रम छ । तर धेरै स्थानका खेलाडि यस्तो सुविधाबाट बन्चित रहेका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२, चकरीका युवा हुन् सुवास बल । उनी मकवानपुर र सिमरा गएर मकवानपुरे प्रशिक्षक विजयलाल श्रेष्ठ, सिमराका प्रशिक्षक सुनिल राउत र सातदोबाटो युथ क्लबका प्रशिक्षक सनुज श्रेष्ठको प्रशिक्षणमा आफूले सिकेका सिप साना केटाकेटीलाई सिकाउन लागिपरेका छन् । उनी फुटबलको मात्र नभएर, गाउँकै नाम चिनाउन लागिपरेका हुन् । तर, यो कतिको प्रभावकारी भयो भन्ने समिक्षा चाँही एन्फाले गरेको छैन । यसले जिल्लाका सम्पूर्र्ण क्षेत्रलाई समेट्न नसकेको देखिएका कारण सुवासजस्ता युवा अगाडि सर्नु परेको प्रष्टै देखिन्छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण र मेहनती खेलाडी सुनिल बलका २२ वर्षीय कान्छा भाइ सुबास, सुनिलकै प्रेरणाले फुटबलतर्फ आकर्षित भए । कतै हिँड्दा, कसैले ‘ऊ त्यो सुनिल बलको भाइ हो’ भनेर आफूलाई देखाउँदा गर्वले छाति चौंडा हुने उनी सुनाउँछन् । १० वर्ष हाराहारीका कलिला बालकको समूह । जर्सी छैन, खाली खुट्टा, खुइलेको फुटबल । १५÷२० जना मैदानमा आफैं घाँस काट्ने, मैदान सफा गर्ने र फुटबलको नियमित प्रशिक्षण गर्छन् उनीहरु । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठूला आश्वासन दिएर कार्यान्वयन नहुँदा पनि उनीहरु आफ्नो अभ्यानलाई निरन्तरता दिईरहेका छन् । 
बजार क्षेत्रबाट केही परको स्थानमा राज्यको ध्यान नपुगेपनि उनीहरुको फुटबलप्रतिको विश्वास र प्रेम बढ्दो छ । सुवाससँग धेरै प्रतियोगिताको अनुभव त छैन, तर मेहनत र फुटबलप्रति लगाव चाहीं धेरै छ । हालै सम्पन्न ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबमा प्रशिक्षण गरे । तर, टिममा परेनन् । तर, उनी गाउ“को फुटबल विकासमा भने निरन्तर लाग्ने बताउँछन् । फिटनेसका लागि पनि बालकहरुको समूह बनाएर खेल्ने र खेलाउने गरेको उनी बताउँछन् । 
बारा र मकवानपुरको सिमाना भएका कारण चकरीबाट सिमरा खेल्न जान टाढा रहेको गुनासो सुनाउँछन् उनी । ‘जिल्लाका प्रशिक्षकलाई यहाँसम्म आउन र हामीलाई जिल्लासम्म जानु भन्दा आफूले सिकेको सिपअनुसार सिकाइरहेको छु ।’–उनले भने । चाहना र तत्परता छ तर, आर्थिक अवस्था कमजोर भएका कारण खेलबञ्चित हुने अवस्थामा आफैंले स्थानीय एफसी चकरी क्लब अध्यक्ष भीम मोक्तानसँग बललगायत खेलकुद सामग्री सहयोग मागेको उनी बताउँछन् । २२ नम्बर वडा अध्यक्ष मनिकलाल थिङको आवश्यक सहयोग गर्ने प्रतिवद्धता दिएका छन् । 
केही समयअघिको फुटबल प्रतियोगितामा पुरस्कार जितेको रकमले कोण, बल, मार्कर किनेको सुनाउँदै उनी सहयोग भने कतै बाटै नपाएकोमा खिन्न मान्छन् । ‘खुईलिएको दुईवटा बल छ खेल्नका लागि, अभावकै बीच पनि हामी देशकै उत्कृष्ट खेलाडि उत्पादन गर्ने सोचमा जुटेका छौं ।’–उनले भने । सहयोग पाए यो काम अझै सहज हुने उनको भनाई छ ।

67219538_2063741337268635-1565504085.jpg
67780053_680470085762132_-1565504086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार