Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तेहरो करविरुद्ध अर्थमन्त्रीलाई फेकोफनको ज्ञापनपत्र

Gyapan-Patra-1565519025.jpg

२६ साउन, हेटौँडा । सामुदायिक वनमा लगाईएको तेहरो कर विरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो ।

फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले तामाङमार्फत खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए । हालै सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र तत्सम्बन्धी प्रदेशमार्फत प्रस्तावित विधेयकहरुमा पनि सामुदायिक वनमा तेहरो कर लगाउने कार्यको महासंघले विरोध गरेको छ । संघीय सरकारले संघीय संचितकोषमा १५ प्रतिशत, प्रदेश संचित कोषमा २५ प्रतिशत, प्रदेश सेवा शुल्कमा २ प्रतिशत कर लगाउने तयारी गरेको छ । यसैगरी, स्थानीय सरकारको संचित कोषमा १० प्रतिशत र आयकर ऐन २०५८ बमोजिम उपभोक्ता समूहको बचत रकममा आय कर २५ प्रतिशत लगाउने तयारी छ ।

ज्ञापनपत्रमा स्थानीय उपभोक्ताहरुको सक्रियतामा सामुदायिक वनको विकास र विस्तार विश्वसामु फैलिएको सन्दर्भमा यस्ता कर लगाउने न्यायोचित नहुने उल्लेख गरिएको छ । देशको गरिबी निवारणमा सामुदायिक वनको योगदान ४ प्रतिशत रहेको तथ्यलाई सरकारले विर्सिएर ल्याउन लागेको विधेयक सामुदायिक वनको मर्म विपरित रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा फेकोफन ३ नम्बर प्रदेशका सदस्य रामहरी चौलागाई, फेकोफन जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, हेटौँडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा वनकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार