Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मूख्यमन्त्री भन्छन्–‘हेटौँडामा २५ हैन १६ मिटर भत्किन्छ’

Mukhya-1565529978.jpg

२५ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले हेटौंडा सडक विस्तार २५ मिटर नभई १६ मिटर हुने दावि गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा आइतबार बोल्दै मूख्यमन्त्री पौडेलले हेटौँडामा २५/२५ मिटर सडक विस्तार नहुने बताएका हुन् । 
उनले १६/१६ मिटर सडक विस्तार गर्ने र बाईपास निर्माण हुने बताउँदै बाईपासका लागि प्रदेशबाट २० करोड रुपैँया विनियोजन गरेको बताए । आफ्नो घर समेत हेटौँडा बजारमा रहेको भन्दै उनले १६ मिटर विस्तारका क्रममा पहिलो घर आफ्नै भत्काउने बताए । 
२५ मिटर सडक विस्तार गर्नुपर्छ भन्नु जनताप्रतिको वेईमानी हुने बताउँदै सडक विस्तारले हेटौँडामा आर्थिक संकटको अवस्था आउने समेत उनले दावि गरे । २५ मिटर सडक विस्तार भए आफु नै ‘कुम्लो’ बोकेर हिड्ने उनले बताए । उनले प्रदेश राजधानीको टुंगो लगाउने विषय प्रदेशसभाको भएको भन्दै यसलाई दुईतिहाईले निर्णय गर्ने बताए । दुई तिहाईले निर्णय गर्दा राजधानी प्रदेशको जुनसुकै स्थानमा हुन सक्ने उनको भनाई थियो ।
समन्वय समितिका सभापति रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, मूख्यमन्त्री कार्यालय प्रमुख सचिव आनन्दराज ढकाल, नेकपा पोलिटव्युरो सदस्य केदार न्यौपाने, कांग्रेस प्रवक्ता प्रदिप कोइराला, नेकपा नेता बद्री लम्साल, राप्रपा अध्यक्ष मधु अधिकारी, जिसस काभ्रका सभापति उद्धव केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

थप समाचार