२८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नरहने भएको छ । प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमाथि मंगलबार प्रदेश मामिला समितिमा छलफल भएको थियो ।
छलफलका क्रममा पेश भएको विधेयकमा रहे झैं पुनरावेदन समिति नै रहने गरी विधेयक समितिबाट पास भएको छ । सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि पुनरावेदन समितिले काम गर्न नसक्ने भन्दै स्वायत्त प्रदेश सूचना आयोग गठनको माग चौतर्फी उठेको थियो । यसमाथि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, निमा लामा र प्रभात तामाङ र साझा पार्टीका रमेश पौड्यालले संशोधन दर्ता गराएका थिए । तर छलफलमा समिति नै राख्ने विधेयकको प्रावधान नै पास भएको संशोधनकर्ता छिरिङ दोर्जे लामाले बताए । त्यस्तै, राजनीतिक दल, संगठन र प्रदेशसभालाई पनि सार्वजनिक निकायमा राखिनुपर्ने गरी उनीहरुले दर्ता गरेको संशोधन प्रस्ताव समेत छलफलबाट अस्विकृत भएको छ ।
समितिका अध्यक्ष र पदाधिकारी चयन गर्ने समिति सभामुखको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता रहको ३ सदस्यीय समिति बनाउन कांग्रेसकी प्रमुख सचेतक राधा घलेसहितले राखेको संशोधन समेत अस्विकृत भएको छ ।
विधेयकको प्रावधान अनुसार प्रदेश पुनरावेदन समिति मन्त्रालयको इकाईको रुपमा रहने र उसले नै पदाधिकारी चयन गर्ने भएकाले यसले प्रदेशमा सूचनाको हक कार्यान्वयन पूर्ण रुपमा कमजोर हुने सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीले बताए ।
मूख्य माग बाहेक सामान्य हेरफेर, शाब्दिक त्रुटी भने छलफलबाट सच्याईएको छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















