नवीन तिमल्सिना
१५ पुस, भारत (सिलिगुडी) । भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको मद्दतमा नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । नेपालको लागि वैकल्पिक खेलाडीको रुपमा ५५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले निर्णायक गोल गरिन् । खेलको ८६ औं मिनेटमा सपनाको कर्नर प्रहार श्रीलंकाली रक्षक आरडिएल गुनावारडानाको खुट्टामा लाग्दै बलले जाली चुमेको थियो ।
नेपालले श्रीलंकाको गोलपोष्टमा दर्जनौं प्रहार गरेको थियो । श्रीलंकाको बलियो डिफेन्स तोड्न मुस्किल परेको नेपालले केही उत्कृष्ट प्रहार चुकायो । खेलको ७ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले डिबक्स नजिकबाट प्रहार गरेको शक्तिशाली प्रहार क्रस बार नजिकैबाट आकाशियो ।
दीपा राईले निकालेको उत्कृष्ट पासलाई खेलको १३ औं मिनेटमा शर्मिला थापाले डिबक्सभित्रबाट प्रहार गरेको बल आकाशिँदा गोल गर्ने सुनौलो अबसर नेपालले गुमाएको थियो । ४० औं मिनेटमा सावित्रा भण्डारीको फ्रिकिक प्रहारलाई श्रीलंकाली गोलरक्षकले सहजै समातिन् ।
सन २०१४ भएको तेस्रो साफमा नेपालले श्रीलंकालाई ३—० ले पराजित गरेको थियो । यसअघि नेपालले भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० गोल अन्तलरे पराजित गरेको थियो । नेपालले समूह बि को उपविजेतासँग सोमबार फाइनल यात्राको लागि भिड्नेछ । उक्त समूहको विजेता र उपवजेता शनिवार हुने भारत र बंगलादेशको खेलले टुंगो लगाउनेछ ।
समूह ए मा नेपालसहित माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ ।
नेपालका प्रशिक्षक कुमार थापाले नेपाली खेलाडीले राम्रो खेलेर पनि श्रीलंकाली टिमको रक्षात्मक खेलका कारण स्कोर बनाउन नसकिएको बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...













-1786686763.jpg)



