Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल साफ सेमिफाइनलमा

Sabitra-Bhandari-(1)-1483107479.JPG

नवीन तिमल्सिना
१५ पुस, भारत (सिलिगुडी) । 
भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 
कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको मद्दतमा नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । नेपालको लागि वैकल्पिक खेलाडीको रुपमा ५५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले निर्णायक गोल गरिन् । खेलको ८६ औं मिनेटमा सपनाको कर्नर प्रहार श्रीलंकाली रक्षक आरडिएल गुनावारडानाको खुट्टामा लाग्दै बलले जाली चुमेको थियो ।  
नेपालले श्रीलंकाको गोलपोष्टमा दर्जनौं प्रहार गरेको थियो । श्रीलंकाको बलियो डिफेन्स तोड्न मुस्किल परेको नेपालले केही उत्कृष्ट प्रहार चुकायो । खेलको ७ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले डिबक्स नजिकबाट प्रहार गरेको शक्तिशाली प्रहार क्रस बार नजिकैबाट आकाशियो । 
दीपा राईले निकालेको उत्कृष्ट पासलाई खेलको १३ औं मिनेटमा शर्मिला थापाले डिबक्सभित्रबाट प्रहार गरेको बल आकाशिँदा गोल गर्ने सुनौलो अबसर नेपालले गुमाएको थियो । ४० औं मिनेटमा सावित्रा भण्डारीको फ्रिकिक प्रहारलाई श्रीलंकाली गोलरक्षकले सहजै समातिन् । 
सन २०१४ भएको तेस्रो साफमा नेपालले श्रीलंकालाई ३—० ले पराजित गरेको थियो । यसअघि नेपालले भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० गोल अन्तलरे पराजित गरेको थियो । नेपालले समूह बि को उपविजेतासँग सोमबार फाइनल यात्राको लागि भिड्नेछ । उक्त समूहको विजेता र उपवजेता शनिवार हुने भारत र बंगलादेशको खेलले टुंगो लगाउनेछ । 
समूह ए मा नेपालसहित माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । 
नेपालका प्रशिक्षक कुमार थापाले नेपाली खेलाडीले राम्रो खेलेर पनि श्रीलंकाली टिमको रक्षात्मक खेलका कारण स्कोर बनाउन नसकिएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार