सुनिल शिवाकोटी
३० साउन, हेटौँडा । प्रदेश ३को राजधानी हेटौँडा उपमहानगरसंग सिमाना जोडिएको मकवानपुर गढी गाउँपालिका रानीसेराका किसानलाई अहिले मकै भित्र्याउने चटारो छ ।
गाउँपालिकाको वडा नम्बर १ मा रानिसेराका स्थानीयको आयआर्जनको श्रोत भनेकै कृषी हो । विकासमा निर्माणबाट पछि परेको रानिसेराका स्थानिय कृषिलाई मूख्य अाधार बनाएर जीवन गुजारा गरिरहेका छन् । यतिवेला मकै भित्र्याउने चटारोमा छन् । किसान अहिले बारीको मकै भाँच्ने, छोडाउने र सुकाउने काममा व्यस्त छन् ।
अहिलेको चर्को घाममा उनीहरू बिहानदेखि बेलुकासम्म बारीमा फलेको मकै थन्क्याउनमा व्यस्त देखिन्छन् । 'मूख्य बालि हो, यसैबाट गुजारा गर्नुपर्छ, घाम पानी भनेर कहाँ बस्न मिल्छ ।'-एक महिलाले भनिन् । प्राय स्थानीय र केही भागमा उन्नत जातको मकैको खेती गर्नै गरेको र मकै पाकिसकेकाले भित्रयाएर कोदो र भटमास रोप्न हतार भएको स्थानीय कल्पना स्याङ्तानले बताईन् ।
'मकै भाँच्न खेताला पाईदैन के गर्नु पाकेको बाली समयमा भित्र्याउन नसके अर्को बाली रोप्न ढिला हुन्छ त्यसैले आफै मकै भाच्न बर्षात तथा चर्को घामको परवाह नगरी काम गर्नु परेको छ ।'- कल्पनासंगै मकै भाच्दै गरेकी अर्की महिलाले दुखेसो गरिन्। बिकट क्षेत्रमा रहेको उक्त स्थानमा यातायातको समस्या, कृषि औजार, मल बिउविजन तथा सिचाई सुविधाको समस्याले गर्दा राम्रो उत्पादन हुन नसक्ने तथा उत्पादन भएका मकैलाई घरमै राख्नुपर्ने बाध्यता रहेको किसानहरु बताउँछन् ।
सिंचाइको व्यवस्था भए मकै लगायतका अन्नबालिको उत्पादन बढ्ने र तरकारी खेति गरेर जीवनस्तर उकास्न सकिने उनीहरूको भनाइ छ ।
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...



-1788140988.jpg)














