३० साउन, हेटौँडा । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ ।
यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए ।
तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ ।
यसरी प्रयोगकर्ताका अडियो सुन्न कर्मचारी राख्ने फेसबुक चौथो प्रमुख कम्पनी रहेको छ । यसअघि एप्पल र अमेजोन पनि यस्तैगरी प्रयोगकर्ताका व्यक्तिगत रेकर्डिङ सुनेको आरोपमा विवादमा आएका थिए ।
अहिले विज्ञहरुले कम्पनीको त्यस्तो निर्णयको आलोचना गर्दै यसले प्रयोगकर्ताको गोपनियताको अधिकार उल्लंघन गरेको भनि विरोध जनाएका छन् ।
गत अप्रिलमा मात्र अमेजोनले एलेक्साको गुणस्तर सुनिश्चित गर्न प्रयोगकर्ताले त्यसमा बोलेका कुरा मानव निरीक्षकहरुले जाँच गर्ने गरेको खुलासा गरेको थियो । जसमा थुप्रै देशका कन्ट्राक्टरले आफूले सुन्ने कतिपय रेकर्डिङ दुःखद र सम्भावित रुपमा अपराधिक हुने गरेको गुनासो गरेका हुन् ।
यसरी फेसबुकले आफ्ना प्रयोगकर्ताका सबै अडियो संवादहरु सुन्न मान्छे राख्दै आएकाबारे मंगलबार मात्र खुलासा गरेको हो ।
केही समय अगाडि मात्र फेसबुकले गोपनीयताको मुद्दामा अमेरिकाको फेडेरल ट्रेड कमिसनसँग पाँच अर्ब डलरको सम्झौता गर्नुपरेको थियो । यसैकारण मंगलबार कम्पनीको शेयरमा पनि १.६ प्रतिशतले गिरावट आएको बताइएको छ ।
फेसबुकका अनुसार पहिलोपटक सन् २०१५ मा प्रयोगकर्ताका गोप्य अडियो अरुलाई सुन्न दिइएको थियो । (साभारःबाह्खरी)
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









