३० साउन, हेटौँडा । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ ।
यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए ।
तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ ।
यसरी प्रयोगकर्ताका अडियो सुन्न कर्मचारी राख्ने फेसबुक चौथो प्रमुख कम्पनी रहेको छ । यसअघि एप्पल र अमेजोन पनि यस्तैगरी प्रयोगकर्ताका व्यक्तिगत रेकर्डिङ सुनेको आरोपमा विवादमा आएका थिए ।
अहिले विज्ञहरुले कम्पनीको त्यस्तो निर्णयको आलोचना गर्दै यसले प्रयोगकर्ताको गोपनियताको अधिकार उल्लंघन गरेको भनि विरोध जनाएका छन् ।
गत अप्रिलमा मात्र अमेजोनले एलेक्साको गुणस्तर सुनिश्चित गर्न प्रयोगकर्ताले त्यसमा बोलेका कुरा मानव निरीक्षकहरुले जाँच गर्ने गरेको खुलासा गरेको थियो । जसमा थुप्रै देशका कन्ट्राक्टरले आफूले सुन्ने कतिपय रेकर्डिङ दुःखद र सम्भावित रुपमा अपराधिक हुने गरेको गुनासो गरेका हुन् ।
यसरी फेसबुकले आफ्ना प्रयोगकर्ताका सबै अडियो संवादहरु सुन्न मान्छे राख्दै आएकाबारे मंगलबार मात्र खुलासा गरेको हो ।
केही समय अगाडि मात्र फेसबुकले गोपनीयताको मुद्दामा अमेरिकाको फेडेरल ट्रेड कमिसनसँग पाँच अर्ब डलरको सम्झौता गर्नुपरेको थियो । यसैकारण मंगलबार कम्पनीको शेयरमा पनि १.६ प्रतिशतले गिरावट आएको बताइएको छ ।
फेसबुकका अनुसार पहिलोपटक सन् २०१५ मा प्रयोगकर्ताका गोप्य अडियो अरुलाई सुन्न दिइएको थियो । (साभारःबाह्खरी)
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















