Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनको कारोवार २६ लाख

Rani-Ban-1565851266.jpg

२९ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७५÷०७६ मा २६ लाख २० हजारको कारोवार गर्न सफल भएको छ । 
समूहले चिरानी काठ विक्रीबाट २२ लाख ३७ हजार, बाकल विक्रीबाट १ लाख ३५ हजार, सालको गोलाई काठ विक्रीबाट ५९ हजार, दाउरा विक्रीबाट ५७ हजार र अनुदानबाट २५ हजार आम्दानी गरेको छ । यसैगरी नवीकरण शुल्कबाट २२ हजार, बला विक्रीबाट २१ हजार, अवलोकन शुल्कबाट २१ हजार, हलभाडाबाट १७ हजार आम्दानी गरेको समूहका अध्यक्ष कृष्ण विडारीले बताए ।
यसैगरी काठ चिरानी ज्यालामा १२ लाख, कर्मचारी तलवमा २ लाख ७१ हजार, कर्मचारी कल्याण कोषमा १ लाख ५० हजार, वन व्यवस्थापनमा १ लाख ८८ हजार र अवलोकन भ्रमणमा ९६ हजार खर्च भएको छ । यसैगरी साधारण सभामा १ लाख १० हजार, प्रतिक्षालय निर्माणमा १ लाख ७२ हजार, विभिन्न कार्यक्रममा ७४ हजार, बाकल ढुवानीमा ७० हजार, डकुमेन्ट्री निर्माणमा ५० हजार, आर्थिक सहयोगमा ४८ हजार, वातावरण दिवसमा ३४ हजार, पोशाक खरीदमा ४५ हजार, छात्रवृतिमा २० हजार र गोवरग्यास अनुदानमा १५ हजार खर्च भएको समूहका कोषाध्यक्ष बसन्त अधिकारीले बताए । 
२०५७ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गरेको समूहले संरक्षित सूचीमा रहेको सालकको २०६३ सालदेखि संरक्षण गर्दै आईरहेको छ । हाल करीव १ दर्जन सालक रहेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए । 
 समूहले आव ०७५÷०७६ को जिल्ला स्तरीय वन्यजन्तु संरक्षण प्रथम पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अवलोकनकर्ताको रोजाईमा परेको यो समूहको हाल सम्म ५ सय ६० भन्दा बढी समूहले अवलोकन गरिसकेको समूहले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार