Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

दिवा खाजाका लागी पराजुलीले गरे आर्थिक सहयोग

hhhh-1565945922.jpg

३१ साउन, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले एउटा विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन आर्थिक सहयोग गरेका छन् ।
हेटौँडा उपमहानगपालिका वडा नम्बर १३ सुकुम्बासी टोलमा रहेको चेतना नमुना प्राविका इसिडी र कक्षा १ का गरी ४० जना विद्यार्थीहरुका लागी दिवा खाजा खुवाउन पराजुलीले आर्थिक सहयोग गरेका हुन् ।
पराजुलीले एक कार्यक्रमकावीच शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक डिमडुङ र विद्यालयक प्रधानाध्यापक राजु बर्तौलालाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
यसैगरी निर्माण व्यवसायी संघ मकवानपुरका तर्फबाट संघका उपमहासचिव भवनाथ अधिकारीले पनि ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दिवा खाजाको लागी १० हजार रुपैया सहयोग उपलब्ध गराएका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै नगर सभापति पराजुलीले हाल गरिएको सहयोग रकमले विद्यार्थीहरुका लागी करिब दुई महिनाको दिवा खाजा पुग्ने बताउँदै आगामी दिनमा पनि व्यक्तिगत र विभिन्न संघसंस्थाहरुबाट सहयोगका लागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा हाल १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक राजु बर्तौलाले जानकारी दिए ।
विद्यालयमा पढ्ने विद्यार्थीको संख्यामा कमि हुँदैगएपछि विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्न दिवा खाजा खुवाउने अभियान सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक बर्तौलाले बताए ।
नयाँ भवन निर्माण भइरहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म कक्षा संचालन गर्ने लक्ष्य रहेको पनि प्रधानाध्यापक बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य सन्तबहादुर तितुङ, शिक्षक अभिभावक संघ अध्यक्ष तेजकुमार स्याङतान, तरुण दल ३ नम्बर क्षेत्रीय कोषाध्यक्ष सुवास दाहाल एवं विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार