१ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले बहुपहिचानका आधारमा प्रदेश नम्बर ३ को नाम ‘नेवाः ताम्सालिङ प्रदेश’ राख्नुपर्नेमा जोड दिएका छन् ।
२५ औँ तामाङ प्रसारण दिवसको अवसरमा आईतबार तामाङ पत्रकार संघ मकवानपुर शाखाद्वारा हेटौँडामा आयोजित ‘तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिचको समन्वयको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैै सांसद घलानले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सांसद घलानले द्वन्द पनि मेटिने र पहिचान पनि भेटिने भएकोले प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ राख्ने प्रस्ताव संसदमा दर्ता गरिसकिएको जानकारी गराए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ भाषा लिपी प्रशिक्षण विभाग प्रमुख काजिमान थिङले गुनासो गर्ने पुस्ता बितेको बताउँदै अबको पुस्ताले काम गर्ने पुस्ता बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, युवा नेता एवम् घेदुङका सल्लाहकार शुभरत्न गोले लगायतले तामाङ सञ्चारकर्मीसँगको समन्वयका विषयमा आफुहरु पनि सकारात्मक रहेको बताए ।
संघका मकवानपुर शाखा अध्यक्ष घलानको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङका सल्लाहकार शुभरत्न गोले, तामाङ पत्रकार संघका संघीय सदस्य दुदुमाया सिन्तान, ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तान, गोले तामाङ बशं उत्थान समाज जिल्ला अध्यक्ष राजकुमार गोले, तामाङ पत्रकार संघ प्रदेश पार्षद नवराज वाईबालगायतको आतिथ्यता रहेको थियो ।
२०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण हुँदै तामाङ भाषाले सञ्चार क्षेत्रमा प्रवेश पाएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाइदै आएको छ ।
मकवानपुरमा ३० जनाभन्दा बढी तामाङ सञ्चारकर्मीहरु कार्यरत छन् ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

