Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेकपाको वरियतामा हेरफेर, खनाललाई दोश्रो वरियता, नेपालको 'नोट अफ डिसेन्ट’ 

1530682807642_PRO_KTM_201-1566176296.jpg

२ भदौ, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्षहरु पछिको दोश्रो वरियतामा रहँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाललाई तेश्रो वरियतामा राखिएको छ । 
नेकपा सचिवालयको आइतवार साँझ बसेको बैठकले दुई अध्यक्षहरु पछिको दोश्रो वरियतामा अर्का वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेसँगै नेपालको वरिता तेश्रो स्थानमा पुगेको हो । 
पछिल्लो समय नेकपाको वरियतामा झलनाथ खनालले आफुलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । 
नेता माधवकुमार नेपालको असन्तुष्टि र विरोधका बाबजुद उनलाई अर्का नेता खनालभन्दा पछाडीको वरियतामा राखेपछि नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएको बताइएको छ ।
आइतबारको सचिवालयको बैठकले नेताहरुको वरियता संगै सागठानिक एकताका बाँकी बिशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय पनि गरेको नेकपा प्रचार बिभाग प्रमुख नारायण काजी श्रेष्ठले जानकारी दिए ।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाललाई तोकेको प्रचार बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ययसैगरी बैठकले उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको पनि जानकारी दिए । 
यस्तै आइतबारको बैठकले इन्चार्ज सँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार