Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माबिका विद्यार्थीसंग सुचनाको हक सम्बन्धी अन्तरक्रिया

IMG_20190820_173431-1566301829.jpg

३भदौ , हेटौंडा । सूचनाको हकको बारेमा कानुनका विद्यार्थीलाई जानकारी गराइएको छ ।

हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई फ्रिडम फोरमको संयोजनमा मङ्गलबार सूचनाको हक सम्बन्धी ऐन २०६४ को बारेमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्थाहरुको बारेमा जानकारी गराइएको हो । नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई सुनिश्चित गर्न २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन ल्याइएको थियो ।तत्कालीन व्यवस्थापिका संसदबाट पारित भई २०६४ साउन ५ मा प्रमाणीकरण र २०६४ भदौ ३ गतेदेखि यो ऐन कार्यान्वयनमा आएको थियो । ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा पारेर आयोजित कार्यक्रममा फ्रिडम फोरमका प्रतिनिधि राममणि दाहालले सहजीकरण गर्नु भएको थियो । फ्रिडम फोरमले निर्माण गरेको सूचनाको हकसम्बन्धी आरटीआइ नेपाल एप (एप्लिकेसन) का बारेमा फ्रिडम फोरमका प्रतिनिधि दाहालले जानकारी गराउँदै लामो संघर्ष र दवावपछि बनेको सूचनाको हक सम्बन्धी ऐनले नागरिकको सूचना पाउने र माग्ने अधिकारलाई सुनिश्चत गरेको बताउनुभयो । सूचनाको हकको विगत, उपयोगिता, आवश्यकता, ऐनमा भएका व्यवस्था र आरटीआइ नेपाल एप्लिकेसनको प्रयोगको बारेमा जानकारी गराउँदै उहाँले सूचनाको हकको प्रयोग गर्ने संस्कृतिको विकासमा जोड दिनुभयो ।

सिद्धार्थ माध्यामिक विद्यालयको कक्षा ११ र १२ का संयोजक गणेश हुमागाईँले सूचनाको हकसम्बन्धी कानुन सबैको लागि आवश्यक भएको भन्दै सुशासनका लागि प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

कानुन संकायका विद्यार्थी मन्दिरा थापाले नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको बताउँदै सूचनाको हक विनाको लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । 

फ्रिडम फोरमले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, दण्डहीनता विरुद्ध, सूचनाको हकलगायतका क्षेत्रमा वकालती र अभियान सञ्चालन गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार