४ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले सरोकारबाला निकायसंग लागुऔषध सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मनहरीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतिज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कैलाशगाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तान मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी बल नेपाल मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला ट्राफिक प्रहरी प्रमुख हरी बिष्णु ढकाल,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ,गाउपालिकाका वडा अध्यक्ष,वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार लगायतकाको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै मनहरी गाउपालिका का अध्यक्ष एकराज उप्रतीले जिल्लामा हुने गरेको लागुपदार्थ ओसारप्रसार र यसको नियन्त्रणमा प्रहरीले मात्र केही गर्न नसक्ने भन्दै सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रम बोल्दै अध्यक्ष राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउपालिकाले गाजँ खेती छेडेर अन्य खेतीमा लाग्ने मानिसहरुलाई पुरस्कृत गरीने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुर लागुपदार्थ उत्पादन तथा ओसारप्रसारमा अति प्रभावित जिल्ला भएकोले मकवानपुर देशभर लागुपदार्थ उत्पादन तथा ओसारप्रसारको जिल्लामा नाम कमाएको बताउदै यसको नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सभाअध्यक्षता भएको कार्यक्रममासहभागिहरुसंग लागुऔषध र यसको प्रभावकारी न्युनिकरणका उपायका बारेमा अन्तरक्रिया गरिएको थियोे ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















