Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको वार्षिकोत्सवमा सम्मान

Rani-Ban-1483700585.jpg

भीमसेन पौडेल 
२२ पुस, चौघडा । 
हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । 

समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई, खेतीमा हेटौडा–६ शान्तीटोलका यादव सापकोटा, हस्तकलामा हेटौँडा–६ कल्याणटारका महेश राई र सरसफाइमा हेटौँडा–६ कालिपोखरीका पुष्पा सापकोटालाई सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट उपभोक्तामा हेटौडा–६ चौघडाका रामकुमार श्रेष्ठ र पुतलीबजारका दीपककुमार थापा र गढी –६ मक्रान्चुलीका कृष्णप्रसाद तिमल्सिनालाई समेत सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष पञ्चमाया स्यांतानको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल, जनकल्याण सहकारीका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, समूहका सल्लाहकार साधुराम चौलागाई, कृष्णबहादुर विडारी, कृष्णप्रसाद पोखरेल, उपाध्यक्ष डोरबहादुर अधिकारी, सचिव नानीमाया रुम्बा, पण्डित कृष्णप्रसाद पौडेल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समूहद्वारा निर्माण गरिएको राधाकृष्ण मन्दिरको प्राणप्रतिष्ठा समेत गरिएको थियो । मन्दिर करिव ३ लाखको लागतमा निर्माण गरिएको हो ।

Mandir-1483700585.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार