Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जेसीजको क्षेत्र 'ख' सम्मेलन हेटौँडामा शुरु, शनिवारसम्म चल्ने

jci-news-688x400-1566569931.jpg

६ भदौ, हेटौँडा । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले देश परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 
शुक्रबारबाट हेटौंडामा सुरु नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्दै उनले देशमा युवाहरुको सीप, क्षमता र सोचको उपयोग हुनु पर्नेमा जोड दिएका हुन् ।
समाज परिवर्तनको अभिभारा अब युवाहरुको काँधमा आएको बताउँदै श्रमसँग समय नजोडिएकोले समय फुर्सदिलो ढंगले वितिरहेको बताए । 
मुख्यमन्त्री पौडेलले समृद्धिको सपनामा युवाहरुसँग भएको सीप, श्रम र पुँजीलाई जोड्नु पर्नेमा जोड दिँदै यो भएमा मात्रै मुलुकको विकास हुने दावी गरे । 
कार्यक्रममा बोल्दै प्रदेश तीनका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । 
निजि क्षेत्रलाई प्रवद्र्धन गर्न जरुरी रहेको भन्दै उनले निजी क्षेत्र देशको समृद्धिको प्रमुख आधार भएको दावी गरे । 
सरकारले काम गर्ने निजी क्षेत्रलाई अधिकतम परिचालन गर्ने गरी नीतिगत व्यवस्था गर्नु पर्ने उल्लेख गर्दै नेता बानियाँले सरकारले दिने अनुदानको दायरालाई फराकिलो बनाउने सरकारलाई सुझाव समेत दिए । सरकारको विरोधमा प्रतिपक्षी नभएको दावी गर्दै उनले सडक र सदनमा प्रतिपक्षी संयमित रहेको बताए । 
यसैबीच, बस्तीपुर जेसीज हाँडीखोलाको आतिथ्यतामा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका करिब ३ सय युवाहरुसहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ६ सय युवाहरु उपस्थित भएको सम्मेलन निर्देशक गणेश भेटवालले जानकारी दिए । 
कार्यक्रमको अवधिमा मकवानपुरका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको दृश्यावलोकन समेत गराइने उनले जानकारी दिए । 
कार्यक्रम अन्तर्गत शनबिार बिहान जिल्ला प्रहरी कार्यालय अगााडीबाट कार्यक्रमस्थलसम्म शान्ति पदयात्रा हुने छ । 
बस्तीपुर जेसीजले स्थापनाको छोटो अवधिमै यसअघि नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्षहरुको भेला र नोमलोम लिडर्स एकेडेमीको आयोजना गरिसकेको छ । 
यसैबीच, उदयसिँ पाठक स्मिृति पत्रकारिता पुरस्कार सुनिल खड्कालाई प्रादान गरिएको छ । सामाजिक पुरस्कार भने सामाजिक अभियानता इन्दीरा न्यौपानेलाई प्रदान गरिएको छ । दुवैलाई जनही नगद रकम ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । 
नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, कार्यक्रम निर्देशक गणेश भेटवाल, वस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
 

69610263_380754279275469_-1566569932.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार