Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

ठेलामा चटपटे बेचेर राम्रो आम्दानी गर्छन् सिकन्दर

IMG_20190824_170226-1566646626.jpg

सुनिल शिवाकोटी

७ भदौ, निजगढ। जो संग शिप छ, त्यो मानिस कहिले भोको र बेरोजगार हुनु पर्दैन भनिन्छ।शिपले मानिसलाइ मेहनती बनाउन सहयोग पुग्दछ भन्ने कुरालाइ प्रमाणित गरिदिएका छन बारा निगढका सिकन्दर चौधरीले।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बारा निजगढ तामागढीमा बिगत १० बर्ष देखि चटपटे बेच्दै आएका सिकन्दरले अाफुले जानेको शिपले मेहनती मात्र बनेका छैनन् शिपबाट राम्रो आम्दानी गर्ने गरेका छन्। प्रत्येक दिन बिहान ८ बजे देखि साँझ ६ बजे सम्म  ठेलामा चटपटे बेच्दै गरेको सजिलै देख्न पाइन्छ सिकन्दरलाई, विषेशगरी बाराको कोल्हवी नगरपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिका तर्फ जानका लागि बस बिसौनी ठाउँको रुपमा रहेको छ तामागढी । यस ठाउँमा बस कुरेर बसेका हुन या नजिक रहेको चारकोसे झाडीमा गाइबस्तु चराउन आएका गोठाला  वा बाराको टागियाबस्ती हिडेका मानिस हुन जोकोही पनि उनले बनाएको चटपटेको स्वाद चाखेरै छाड्छन ।

२०६६ सालमा ५ हजारबाट चटपटे बेच्न सुरु गरेका सिकन्दर अहिले दैनिक ४/५ हजार कमाउछन।चटपटे व्यवसायबाट छोरा छोरीलाई राम्रो स्कुलमा पढाएको र केही पैसा बचत गर्ने गरेको बताउँदै चौधरीले अहिले निजगढमा घरेडी किनेर घर समेत बनाएको बताए। 

भोजपुरी भाषामा चटपटेलाइ भाजा भनिन्छ। भाजा अर्थात भुजा हाल्ने भएको भएर तराइमा  चटपटेलाई भाजा भनिन्छ। सिक्नदरले  बनाएको भाजा अर्थात चटपटे कोल्वि आसपासको क्षेत्रमा प्रख्यात छ त्यसैले यो बाटो अोहोर दोहोर गर्दा उनले बनाएको भाजा/ चटपटे नखाइ चित्तै बुझदैन,चटपटे खादै गरेका जयविर चौधरीले बताए।

 कोल्हवी, विजयपुर, दुधिअवा,हिमालीबास,खैरा लगायतका स्थानमा पुग्ने उक्त हुलाकी राजमार्ग भएर सयौ सवारी साधन आवतजावत गर्ने गर्दछन्। पुर्व पश्चिम राजमार्ग को छेउमा रहेकोले पश्चिम बाट पुर्व तर्फ जाने र पुर्वबाट पश्चिम तर्फ जाने सवारी समेत रोकेर यात्रुहरु  चटपटे खान अाउने गरेको सिकन्दरले बताए। 

पक्कै पनि सिकन्दर को यस कार्यलाई सम्मान गर्ने पर्छ उनले जानेको शिपले उनको परिवारलाई लाउन खान मात्र पुगेको छैन।उनि स्वदेशमै बसेर मेहनत गर्न सकिन्छ भन्ने युवाका लागी प्रेरणा स्रोत समेत बन्न सफल भएका छन्।

IMG_20190824_170300-1566646631.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार