८ भदौ, हेटौंडा । १५८ औं नियमित सन्ध्या तथा एकसय ५४ औं मोती जयन्तीको अवसरमा संयुक्त गजल बाचन कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रममा हेटौंडेली कवि तथा गजलकार पुरुषोत्तम आचार्य र निजगढका गजलकार रमेश रसिकले आप्mना रचना बाचन गरेका थिए ।
गजल मञ्च मकवानपुरले आफ्नो १५८ औं नियमित सन्ध्या तथा मोती जयन्तीको अवसरमा संयुक्त गजल बाचन कार्यक्रम राखेको हो ।
पुरुषोत्तम आचार्यको गजल गायन र रसिकका ओजनदार गजल सुनेर सहभागीले भरपूर आनन्द लिएको गजल मञ्च मकवानपुरका सविच केशव समर्पणले बताए ।
कार्यक्रममा गजलकारद्धयले सात÷सात वटा गजल गायन तथा बाचन गरेका थिए । आचार्यले अधिकांश गजल गाएर सुनाएका थिए । उनले विशेष गरी क्रान्तिकारी चेत भएका गजलहरु गाएका थिए । उनको गजलले न्यून वर्गीय नागरिकलाई आफ्नो हक अधिकारको लागि लड्न आह्वान गरेका थिए ।
यस्तै रसिकले पनि वर्तमान देशको राजनीतिक तथ सामाजिक विकृति, विसंगति, बेरोजगारी, गरिबीलगायतका समस्यालाई गजलमा उतारेका थिए । केही शृङ्गारिक गजलहरु पनि उनले पस्केका थिए ।
कार्यक्रममा नियमित गजल यात्रातर्फ ६ जना गजलकारले आफ्ना गजल प्रस्तुत गरे । गजलकार केशव खड्का, अविनाश थापा, विशाल तिमल्सिना, मनु रेग्मी आशा, सञ्जित श्रेष्ठ र उत्सव अर्यालले गजल बाचन गरेका थिए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हास्यब्यङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दना, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, मञ्चका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















