Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शालिकरामको भिडियो अरुकै सहयोगमा रेकर्ड भएको अदालतको ठहर 

Shalik-faisala_387409241-1566869859.jpg

१० भदौ, हेटौंडा । पत्रकार शालिकराम पुडासैनीले अरुकै सहयोगमा आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ । 
सोही भिडियो भेटिएपछि उनको आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अनुसन्धानमा तानिएका थिए । 
सोमबार पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्की्विरुद्ध दायर मुद्दामा आदेश दिँदै अदालतले पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको ठहर गरेको हो ।
त्यस्तै आदेशमा भिडियो रेकर्ड गर्दा र आत्महत्या गर्दाको मनस्थिती फरक रहेको भन्दै भनिएको छ, “भिडियो रेकर्ड गर्दा निजको मनस्थिती र निजले आत्महत्या गर्दाको अवस्थामा निज भित्री वस्त्रमा  देखिएको  अवस्था र आत्महत्या गर्दा निजको झुण्डिएको लाशमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितीको बदलावको अवस्थापछिको मृत्युकालिन घोषणालाई सोसँग सम्बन्धित अन्य कानुन नजोडिँदासम्म सोही भनाईलाई मात्र निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अवस्थामा त्यसरी समर्थित हुने अन्य प्रमाण मिसिल समर्थन हुने देखिएन ।”
पुडासैनीले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख नभएको पनि आदेशमा उल्लेख छ । प्रमाण ऐन ०३१ को दफा (११) मा मरेको व्यक्तिले आफू मर्नुभन्दा पहिले, मर्न लागेको अवस्थामा, होस छँदै मृत्युको कारणका बारेमा व्यक्त गरेका भनाईलाई प्रमाणमा रुपमा लिन सकिने व्यवस्था छ ।
पुडासैनीले कति समय अघि भिडियो रेकर्ड गरी कति समयपछि आत्महत्या गरेका थिए समय यकिन नभएको सो भिडियो मृत्युकालिन घोषणा हो की होइन भन्ने  यकिन हुन नसकेको फैसलामा जनाइएको छ । 
भिडियोको फरेन्सिक र पुडासैनीको शव परिक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणका रुपमा अदालतले थप परिक्षण गरेपछि मात्र सोबारे एकिन गर्न सकिने फैसलामा भनिएको छ । 
कार्की साधारण तारेखमा रिहा भएकी छन् भने लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् । (साभारः बाह्खरीबाट)
 

69647988_1365887770246133-1566869859.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार