Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

३ नम्बर प्रदेशको राजधानीबारे मूख्यमन्त्री पौडेल मौन

Mukhya-Mantri-1567075349.jpg

१२ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामबारे मूख्यमन्त्री डोरमणी पौडेल मौन बसेका छन् ।
विहिबारको प्रदेशसभा बैठकमा भदौ ८,९, १०, ११ र १२ गतेको विशेष र शुन्य समयमा प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा मूख्यमन्त्री पौडेल प्रदेशको राजधानीबारे मौन बसेका हुन् । 
उनले विभिन्न विषयको बारेमा सदस्यहरुको जिज्ञासाको जवाफ दिएपनि राजधानी र नामबारे जवाफ दिएनन् । विशेष र शुन्य समयमा प्रतिपक्षी दलका सांसदहरुले मात्रै नभई सत्ता पक्षीय सांसदहरुले समेत राजधानी र नाम छिटो टुंग्याउन माग गरेका थिए । उनीहरुले के कारण राजधानीको टुंगो लगाउन नसकिएको हो भनि सरकारसंग जवाफ माग गरेका थिए । 
संसदमा मूख्यमन्त्री पौडेलले राजधानी र नामबारे जवाफ नदिएको भन्दै सत्तापक्षीय एक सांसदले आक्रोश पोखेका छन् । ‘संसदमा सांसदहरुले राजधानी र नामबारे प्रश्न उठाएपनि मूख्यमन्त्रीले वेवास्ता गर्नु दुःखद हो ।’–उनले भने–‘यसबाट मूख्यमन्त्री नेतृत्वको सरकार सांसदलाई गुमराहमा राख्न चाहन्छ भन्ने स्पष्ट हुन्छ ।’
बैठकमा मूख्यमन्त्री पौडेलले चीनको गान्सु प्रान्तमा गरेको भ्रमणको जानकारी गराएका थिए । उनले असार अन्तिम सातादेखिको प्राकृतिक विपदमा परी ३ नम्बर प्रदेशमा २५ जनाको मृत्यु भएको र १७ परिवारलाई १ लाख रुपैँयाको दरले राहत उपलव्ध गराईएको बताए । विपदमा क्षति भएका सडक सञ्चालनका लागि प्रति जिल्ला १ करोड रुपैँयाका दरले १३ करोड रुपैँया निकासा भएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार