Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

भक्तपुर क्यान्सर अस्पतालमा मेयरको हस्तक्षेपको विरोध

Bhaktapur-1567077334.jpg

१२ भदौ, हेटौँडा । भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेको हस्तक्षेपको प्रदेशसभामा विरोध भएको छ ।
मेयर प्रजापतिले अस्पताल व्यवस्थापन समिति हटाई आफु अध्यक्ष बनेर हस्तक्षेप गरेको भन्दै सांसदहरुले प्रदेशसभामा विरोध गरेका हुन् । 
भक्तपुरकै प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छेले आफ्नो क्षेत्राधिकार नाघेर नेपाल अर्बुद्ध रोग निवारण संस्थाले संचालन गरेको अस्पतालमा मेयर प्रजापतिले हस्तक्षेप गरेको भन्दै विरोध गरेकी छिन् । उनले अस्पतालमा राजनीतिक हस्तक्षेपले विरामीहरुको सेवामा असर परेको भन्दै यथाशिघ्र यसबारे छानविन गरी सत्य तथ्य बाहिर ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् । 
त्यसैगरी, प्रदेशसभा सदस्य राधा घलेले भक्तपुर अस्पतालमा भईरहेको भक्तपुर नगरपालिकाको हस्तक्षेप गैरकानूनी भएको भन्दै यथाशिघ्र यसलाई अन्त्य गर्न माग गरेकी छिन् । उनले स्वायत्त निकायले संचालन गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द श्रेष्ठसहितलाई हटाई हस्तक्षेप गर्ने अधिकार मेयर प्रजापतिलाई नभएको दावि गरिन् । 
त्यस्तै, प्रदेशसभा सदसय शशीजंग थापाले अस्पतालमा भएको हस्तक्षेप निन्दनीय भएका भन्दै हस्तक्षेप नरोके भक्तपुर नगरपालिकालाई दिने प्रदेश सरकारको अनुदान बन्द गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि प्रदेशसभा सदस्य नरोत्तम बैद्य, न्हुक्षेनारायण श्रेष्ठले पनि अस्पताललाई राजनीतिक स्वार्थ पुरा गर्न प्रयोग भईरहेको भन्दै यस्तो कार्य बन्द गराउन र सत्य तथ्य छानविनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । तर नेमकिपाको तर्फबाट भक्तपुरका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अस्पतालको नयाँ नेतृत्वप्रति जनता खुशी भएको भन्दै संसदमा धारणा राखेका थिए ।
आफ्नो परम्परागत बर्चश्वको क्षेत्र मान्ने नेमकिपाले आफ्नो पडक बाहिर रहेकाले अस्पतालमा राजनीतिक पूर्वाग्रह साँध्न हस्तक्षेप गरेको अरोप लागेको छ । आर्थिक हिनामिनाको आरोपमा भईरहेको समिति विघटन गरी नेतृत्व आफुले हत्याउन नेमाकिपाले कानून विपरित कदम चालेको आरोप नेपाल अबुद्र्ध रोग निवारण संस्थाको छ । नेमकिपाको मुखपत्र मजदुरमा हिनामिनाको समाचार प्रकाशन गरी नेमकिपाले नै हस्तक्षेप गर्नुले नेमकिपाको गलत मनासाय पुष्टि भएको संस्थाको भनाई छ ।
नयाँ समितिमा नेमकिपाका मेयर अध्यक्ष र सल्लाहकारमा नेमकिपाकै प्रतिनिधिसभा सांसद प्रेम सुवाल र प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाई मात्रै रहनुले यसलाई थप पुष्टि गरेको सांसदहरुको भनाई छ । सांसदहरुले नेमकिपाले विभिन्न बहानामा अस्पतालमा हुलहुज्जत गर्ने, जुलुस गराउने काम गरेको भन्दै यस्तो काम बन्द गराउन समेत माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार