१३ भदौ, हेटौंडा हेटौंडामा ट्राफिक व्यवस्थापन बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ।
हेटौंडा युवा अभियानको आयोजनामामा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरेर कार्यक्रमको आयोजना गरीएको हो।चाडवाड नजिकिदै गर्दा हेटौंडा बजारमा ट्राफिक चुनौती देखिएको भन्दै अभिनयले हेटौंडा उपमहानगरपालिका, प्रहरी, ट्राफिक प्रहरीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको अभिनयका अध्यक्ष साकार शिवाकोटीले बताएका छन्।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले मुख्य सडकमा देखिएको ट्राफिक व्यवस्थापनले आवतजावत समस्या देखिएको स्वृकार गर्दै त्यसको न्युनिकरणका लागी हेटौंडा उपमहानगरपालिका र वडा नम्बर १० लागि पर्ने बताएका छन्। उनले युवा अभियानकर्ताले ट्राफिक व्यवस्थापनमा देखाएको चासोको प्रसंसा गरेका छन्।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानेबुझेका चालकले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेको बताए। हेटौंडामा ट्राफिक व्यवस्थापन चुनौती रहेको भन्दै त्यसको व्यवस्थापनका लागि आमसञ्चार माध्यमको भुमिका महत्वपुर्ण रहेको बताए।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले ट्राफिक व्यवस्थापनमा चुनौती रहेको र ट्राफिक सचेतना आवश्य रहेको उल्लेख गर्दै हेटौंडा बजार क्षेत्रमा देखिएको अव्यवस्थीत पार्किङले दुर्घटनामा बढदै गएको बताएका छन्।
हिट एण्ड रनको संख्या बढेको भन्दै प्रहरी निरीक्षक ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय बजारमा देखिएको अव्यवस्थीत पार्किङको न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम ,स्टिकर टाँस जस्ता अभियानमा लागेको बताएका छन्
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौडामा प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले ठाउँको अभाव रहेको भन्दै ट्राफिक व्यवस्थापनका लागि निश्चित ठाउँको पहिचान हुन जरुरी रहेको बताए।
निरीक्षक भण्डारीले चाडपर्व नजिकिँदै गर्दा जथाभावी पार्किङ गर्ने र सडक पेटीमा राखेर सामान बेच्ने क्रम बढ्दै गएको भन्दै हेटौंडा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौती रहेको र सबै सहयोग हातहरुको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा अभियानका सल्लाहकार अरुण बर्तौला, नविन मिश्र, सहयोग हातका अध्यक्ष सुजल ढकाल लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













