१३ भदौ, हेटौंडा।विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा संचार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
आज रेडियो परिशरमा आयोजित कार्यक्रममा वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी हुन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा सम्बोधन गर्नु हुँदै ३ नम्बर प्रदेश सभाकी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मुनु सिग्देलले तिज मौलिक हुनुपर्नेमा जोड दिनु हुँदै तिज संस्कृति मास्ने खालको हुनु नहुने बताउनु भयो । उहाँले तिजमा पछिल्लो समय मौलिकता हराउँदै गएकोले चिन्ता बढेको समेत बताउनु भयो । उहाँले तिजमा बढी खर्च गरेर प्रतिस्पर्धा गर्ने प्रवृतिलाई त्याग्न आग्रह गर्नुभएको छ । त्यस्तै, कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले तिजमा सभ्य हुन आग्रह गर्नुभएको छ । उहाँले तिज महिलाहरुको महान पर्व भएकोले त्यसै अनुरुप महिलाहरुको संस्कृतिलाई जगेर्ना गर्न आग्रह गर्नुभयो । उहाँले तिजमा निराहार व्रत बस्दा स्वास्थ्यलाई ख्याल गर्न पनि आग्रह गर्नुभएको छ । यसैबीच, कार्यक्रममा थाहा नारी रत्न सम्मान २०७६ बाट विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएका तुलसी मेहर स्कुलका सञ्चालक शिला श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठलाई दोसल्ला, सम्मान पत्र प्रदान गरिएको हो । रेडियोका सञ्चालक अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, भिमफेदि गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, नर्सिङ संघ मकवानपुरका सचिव निर्मला भ्लोन लगायत जिल्लाका विभिन्न सामाजिक संघसस्थाका प्रतिनीधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

