२५ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा सोमबारदेखि शुरु भएको श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले १ लाख ११ हजार १ सय ११ रुपैँया दान गरेका छन् । कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै बानियाँले सहयोग गरेका हुन् ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले आध्यामिक चिन्तन विना मानवताको विकास नहुने हुँदा यसतर्फ लाग्न सबैलाई आग्रह गरे । उनले सबै धर्मले राम्रो बाटो देखाउने हुँदा सबै धर्मप्रति उत्तिकै सदभाव राख्न सुझाव दिंदै संविधानमा पनि धर्म निरपेक्षताको व्यवस्था गरिएको बताए । सातै प्रदेशमा पर्यटकिय स्थल बनाउने आप्mनो योजना रहेको सुनाउँदै राज्यमन्त्री बानियाँले मुक्तिनाथ, स्वर्गद्वारी, पाथिभारा, लुम्बिनी, जनकपुरधाम लगायतका क्षेत्रको विकासमा पाँच बर्षे गुरुयोजनासहित काम गर्ने बताए ।
मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति सदस्य रामबाबु बानियाँ, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, हंसलोक जनकल्याण समितिका अध्यक्ष भोला थापा, संचारकर्मी सविन न्यौपाने, विद्यालयका पूर्व प्रधानाध्यापक राजेश्वर देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञ उद्घाटन अघि महायज्ञस्थलबाट शुरु भएको कलश यात्रा हटिया, हर्नामाडि लगायतका क्षेत्र परिक्रमा गरी कार्यक्रमस्थलमा समापन भएको थियो । माघ ३ गतेसम्म संचालन हुने महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गर्ने जनाईएको छ ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















