Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार पुनर्बहालीको माग गर्दै प्रेस युनियनले बुझायो ज्ञापन पत्र

press-union-1-696x522-1567602829.jpg

१८ भदौ, हेटौंडा । रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहालीलगायत माग राख्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 
केन्द्रीय कार्यक्रमअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमकवानपुरमार्फत युनियनले ज्ञापनपत्र बुझाएको हो ।
युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, युनियन केन्द्रीय सदस्य राममणि दाहाल, केन्द्रीय पार्षद सविन न्यौपाने, युनियन सचिव केशव समर्पणलगायतले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मामार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो ।
सरकारी सञ्चार माध्यममा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई बिना कारण जागिरबाट निष्काशन गर्ने तथा करार अवधि थप नगर्ने जस्ता कार्यहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । 
रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाईएको भन्दै पनुर्बहाली गर्न माग गरिएको छ ।
साथै अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति पनि युनियनले ध्यानाकर्षण भएको बताएको छ ।
सरकारले मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति पनि आपत्ति जनाइएको छ । संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्नुपर्ने युनियनकोमाग छ ।
विवादास्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले असोज ६ गतेबाट आचारसंहिता लागू गर्ने भनिएकोमा पनि असहमति रहेको युनियने बताएको छ । 
प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने भन्दै युनियनले आफूहरुको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार