१९ भदौ, हेटौंडा । हेटौंडामा बुधबारबाट सुरु भएको दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता एफसी इन्टरनेट सिटी, सहीद स्मृति क्लव बागमति गाउँपालिका र मदन भण्डारी स्पोर्टस् एकेडेमीले विजय सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घटनमा भएको पहिलो खेलमा साविक विजेता एफसी इन्टरनेटले परेली युवा समाज बस्तीपुरलाई ३–० ले हराएको छ ।
इन्टरनेटको जितका लागी मनिष घलानले दुई तथा चन्द्र नेगीले एक गोल गरे । दुई गोल गर्ने घलान खेलको म्यान अफ दी म्याच घोषित भए ।
यस्तै बुधबारनै भएको अर्को खेलमा सहीद स्मृति क्लव बागमति गाउँपालिकाले इन्टरनेट क्लवलाई २–० गोल अन्तरले हराएको छ । बागमतिको जितको लागी उत्कृष्ट प्रदर्शन गरेका रत्न मगर म्यान अफ द म्याच घोषित भए ।
यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी र हेटौंडा फुटबल एकेडेमी विच भएको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी ४–० गोलको फराकिलो अन्तरले विजयी भएको छ । उसका लागी दुई गोल गरेका अविनास खड्का म्यान अफ दी म्याच घोषित भए ।
यस्तै बुधबारको चौथो खेल बराबरीमा टुङ्गिएको छ । बुधबार भएको चौथो खेलमा न्यू कम्बाइन्ड क्लवले र प्रगतिशील युवा क्लवले २–२ गोलको बराबरी खेलेका छन् । उक्त खेलको म्यान अफ दी म्याच प्रगतिशीलका बुद्ध लामा घोषित भए ।
भदौ १७ गते मंगलबारबाट सुरु हुने भनिएको प्रतियोगिता बर्षाको कारण अबरुद्ध भएपछि बुधबार बिहानबाट सुरु भएको हो ।
जिल्ला लिगका लागी दर्ता भएका ३३ वटा क्लबलाई ८ वटा समूहमा विभाजन गरी प्रतियोगिता सुरुभएको हो । लिगको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




