Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

हङकङमा विवादास्पद सुपुर्दगी विधेयक फिर्ता

MAD60usXMerCh95hyaol-1567645240.jpg

१९ भदौ, हेटौंडा । हङकङमा लामो समय सम्म विवादको बिषय भनेको विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक बुधबार फिर्ता लिएको छ । 
उक्त विधेयकका कारण हङकङमा लामो समयदेखि प्रदर्शन हुँदै आएको थियो ।
बुधबार टेलिभिजन सम्बोधनमार्फत् हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने घोषण गरेकी थिइन । 
उनले घोषणाको क्रममा विरोध प्रदर्शनकाक्रममा प्रहरीले गरेको व्यवहारबारे छानबिनकाक्रममा दुईजना थप वरिष्ठ अधिकारी समावेश हुने पनि बताइन् । प्रदर्शनकारीहरूले प्रहरी दमनबारे छानबिन गरिनुपर्ने मागसमेत राखेका छन् ।
गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
बढ्दो विरोध प्रदर्शनपछि जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिएकी थिइनन् । तर, प्रदर्शनकारीहरुले उक्त विधेयक पूर्णरूपमा फिर्ता लिइनुपर्ने भन्दै सडक छाडेका थिएनन् ।
हङकङमा प्रजातन्त्रबादीहरुले पूर्ण प्रजातान्त्रिक अधिकारहरू स्थापित हुनुपर्ने माग गरेका छन् । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार