२६ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरको ‘घरघरमा नयाँ शक्ति’ अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । संगठन विस्तार, सदस्यता वितरण तथा हस्ताक्षर अभियान सोमबार मनहरी गाउँपालिकाबाट शुरू भएको हो ।
मनहरी गाउँँपालिकाको रजैया केन्द्रमा भएको कार्यक्रमले १५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी गठन गरेको छ । गाउँपालिकास्तरीय बैठकले प्रकाश मैनालीको संयोजकत्वमा अभियान कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा निखिल पौडेल, मानबहादुर स्याङ्तान, गोपिलाल विक र तिर्थराज सुबेदी रहेका छन् ।
गाउँपालिकाको ९ वटा वडामा समेत संयोजकहरु तोकिएको छ । गाउँपालिकास्तरीय बैठकले १ नम्बर वडामा चन्द्रबहादुर मोक्तानलाई अभियान संयोजकको जिम्मेवारी दिइएको छ भने २ नम्बर वडामा नवराज गौतम, ३ मा सूर्य बहादुर गोले ४ नम्बरमा शिशुपाल बस्नेत र ५ नम्बर वडामा माधव सापकोटालाई जिम्मेवारी तोेकिएको छ ।
त्यसैगरी ६ नम्बर वडामा गोपिलाल विश्वकर्मा ७ नम्बर वडामा विकेन्द्र गोले ८ मा अनन्त सुबेदी र ९ नम्बर वडामा सानुमाया प्रजालाई संयोजक तोकिएको छ ।
सोमबार नै मनहरी गाउँपालिकास्तरीय राष्ट्रिय युवा अभियानको कमिटीसमेत गठन गरिएको छ । इमानसिं मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा जीवन जिम्बा र अविनाश घलान रहेका छन् । त्यस्तै सचिवमा निरन्जन उप्रेतीलाई जिम्मेवारी दिइएको छ भने सहसचिवमा हर्कमान वाइबा चयन भएका छन् ।
अभियानको सदस्यहरुमा गुणराज विक, सुनिल थापा, प्रकाश राई, सुरेश गोले शुक्रराज गोपाली लगायत रहेका छन् । प्रकाश मैनालीको संयोजकत्वमा भएको बैठकमा पार्टीका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घरघरमा नयाँँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, मनहरी गाउँपालिका उत्प्रेरक अम्बर बहादुर लामा, कैलाश गाउँपालिका उत्प्रेरक टंक हिमडुङ, युवा अभियानका ३ नम्बर प्रदेश सहसंयोजक तुफान विक्रम क्षेत्री, शिक्षक समाजका केन्द्रीय सदस्य प्रमोद अधिकारी, उत्पादन तथा स्वरोजगार जिल्ला समितिका संयोजक राजन मैनाली, दलित तथा अल्पसंख्यक विभागका प्रमुख लिलाराज सुनारलगायतको आतिथ्यता रहेको थियो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




