२६ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरको ‘घरघरमा नयाँ शक्ति’ अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । संगठन विस्तार, सदस्यता वितरण तथा हस्ताक्षर अभियान सोमबार मनहरी गाउँपालिकाबाट शुरू भएको हो ।
मनहरी गाउँँपालिकाको रजैया केन्द्रमा भएको कार्यक्रमले १५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी गठन गरेको छ । गाउँपालिकास्तरीय बैठकले प्रकाश मैनालीको संयोजकत्वमा अभियान कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा निखिल पौडेल, मानबहादुर स्याङ्तान, गोपिलाल विक र तिर्थराज सुबेदी रहेका छन् ।
गाउँपालिकाको ९ वटा वडामा समेत संयोजकहरु तोकिएको छ । गाउँपालिकास्तरीय बैठकले १ नम्बर वडामा चन्द्रबहादुर मोक्तानलाई अभियान संयोजकको जिम्मेवारी दिइएको छ भने २ नम्बर वडामा नवराज गौतम, ३ मा सूर्य बहादुर गोले ४ नम्बरमा शिशुपाल बस्नेत र ५ नम्बर वडामा माधव सापकोटालाई जिम्मेवारी तोेकिएको छ ।
त्यसैगरी ६ नम्बर वडामा गोपिलाल विश्वकर्मा ७ नम्बर वडामा विकेन्द्र गोले ८ मा अनन्त सुबेदी र ९ नम्बर वडामा सानुमाया प्रजालाई संयोजक तोकिएको छ ।
सोमबार नै मनहरी गाउँपालिकास्तरीय राष्ट्रिय युवा अभियानको कमिटीसमेत गठन गरिएको छ । इमानसिं मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा जीवन जिम्बा र अविनाश घलान रहेका छन् । त्यस्तै सचिवमा निरन्जन उप्रेतीलाई जिम्मेवारी दिइएको छ भने सहसचिवमा हर्कमान वाइबा चयन भएका छन् ।
अभियानको सदस्यहरुमा गुणराज विक, सुनिल थापा, प्रकाश राई, सुरेश गोले शुक्रराज गोपाली लगायत रहेका छन् । प्रकाश मैनालीको संयोजकत्वमा भएको बैठकमा पार्टीका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घरघरमा नयाँँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, मनहरी गाउँपालिका उत्प्रेरक अम्बर बहादुर लामा, कैलाश गाउँपालिका उत्प्रेरक टंक हिमडुङ, युवा अभियानका ३ नम्बर प्रदेश सहसंयोजक तुफान विक्रम क्षेत्री, शिक्षक समाजका केन्द्रीय सदस्य प्रमोद अधिकारी, उत्पादन तथा स्वरोजगार जिल्ला समितिका संयोजक राजन मैनाली, दलित तथा अल्पसंख्यक विभागका प्रमुख लिलाराज सुनारलगायतको आतिथ्यता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















