Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिग फुटबलः शुक्रबार पनि तीन खेल सम्पन्न

पदमपोखरी र डाँफे विजयी, चुरेकालिका र चाइना क्वाटर बराबरीमा रोकिए

football-1567774299.jpg

२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् ।
शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् । 
शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ क्लबले रियल स्टार क्लब लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पदमफोखरीको जितका लागी सुर्यबहादुर वाईबाले २ र विज्ञान लामाले १ गोल गरे । यस्तै रियल स्टार क्लबका मरीच ब्लोनले १ गोल फर्काए । 
यस्तै शुक्रबार दिउँसो भएको दोश्रो खेलमा डाँफे युथ क्लब विजयी भएको छ । डाँफे युथ क्लबले सानोपोखरा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । डाँफेको जितका लागी विश्व लामाले २ तथा ऋषि मुतmान र जुनेल दोङले १÷१ गोल गरे । यस्तै  सानोपोखरा क्लबका तर्फबाट दावा दोर्जे गोलेले सान्त्वना एक गोल फर्काए । 
यसैगरी प्रतियोगिता अन्तर्ग शुक्रबार भएको तेश्रो तथा अन्तिम खेलमा चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् । दुवै टिमका तर्फबाट खेल अवधिभर कुनै पनि गोल हुन सकेन र दुबै टिमले अंक बाँडे । असोज ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फोटोः गुगल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार