Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिकित्सा शिक्षा अध्ययन संस्थानलाई कार्वाहीको सिफारिस 

deen-office-1567822704.jpg

२१ भदौ, हेटौंडा । मेडिकल कलेजहहरुको शुल्क विवादलगायतका विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले चिकित्सा शिक्षा अध्ययन संस्थानलाई नै कार्वाही गर्न सिफारिस गरेको छ । उपसमितिको प्रतिवेदनमा मापदण्ड पूरा नगरेका मेडिकल कलेजहरु खारेज गर्न पनि भनिएको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत गठित सो उपसमितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले तोकेको शुल्कका अलावा थप शुल्क मेडिकल कलेजहरुलाई लिन प्रोत्साहन गर्ने काम गरिएको उल्लेख सो संस्थानलाई कार्वाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
उपसमितिका संयोजक सुरेशकुमार राईले मेडिकल कलेजहरुलाई थप शुल्क लिन लगाउने गैरकानुनी काममा संलग्न रहेको पाइएकाले सो संस्थानलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरिएको जानकारी दिए ।
सरकारले मेडिकल कलेजहरुमा एमबीबीएस कोर्ष अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार शुल्क तोकेका थियो ।
उपसमितिले संवैधानिक व्यवस्था अनुसार प्रदेशमा प्रदेश स्तरीय विश्वविद्यालयको मातहत रहने गरी चिकित्सा शिक्षाका कलेजहरु स्थापना एवम् संचालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार