Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चनौटाको सार्वजनिक सुनुवाई तथा मिनी भेला

Chanauta-1567860647.jpg

२१ भदौ, हेटौँडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिबार सार्वजनिक सुनुवाई तथा मिनि भेला सम्पन्न भएको छ । 
कार्यक्रममा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले वनका कर्मचारीहरुको अनावश्यक हस्तक्षेप कारण सामुदायिक वनले सोचे अनुसारको प्रगति गर्न नसकेको आरोप लगाए । उनले जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि कर्मचारीहरु आत्तिएको र सामुदायिक वनलाई असहयोग गरेको बताए । वडा अध्यक्ष सुवेदीले बैज्ञानिक वन व्यवस्थापनको बहानामा सामुदायिक वन रित्याउने काम भएको दावि गरे ।
कार्यक्रममा समूहका कोषाध्यक्ष श्याम कुमार रिमालले आर्थिक वर्ष ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६/०७७ को लागि करिब २२ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । भेलाले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन, चालु आव ०७६/०७७ को प्रस्तावित कार्यक्रम पारित गर्नुको साथै समुहको २१ औं वार्षिक साधारणसभा आगामी असोज ३० गते गर्ने निर्णय समेत गरेको छ । 
भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, संचारकर्मी भीमसेन पौडेल, समूहका सल्लाहकार शालिकराम अधिकारी, राजु घले, अनुगमन समितिका संयोजक रामकुमार थापा, पूर्व उपाध्यक्ष नारायणप्रसाद सुवेदी, शान्तिटोल विकास संस्थाका अध्यक्ष देवेन्द्र अर्याल, समितिका सहसचिव राजन ढकाल, सदस्य रिता थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
समूहले आव ०७५/०७६ मा डिभिजन वन कार्यालय, राप्ती अन्तरगत सामुदायिक वन तर्फको तेश्रो पुरस्कार प्राप्त गरेको थियो । कार्यक्रम समूहका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार