२२ भदौ, हेटौंडा । मकवानपुरको मनहरी–७ मा खुला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चुरियामाई युवा क्लव मनहरी–७ को आयोजनामा बडा दशैंको अवसरमा यही असोज १ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
मनहरी–७ स्थित प्रस्तावित क्षेत्रीय रंगशाला (गोदाम चौर)मा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको खबर हेटौंडाबाट प्रकाशित हुने प्रदेश दैनिकले छापेको छ ।
चुरियामाई क्लवले गत बर्षबाट खुला नकाउट फुटबल प्रतियोगिता आयोजना सुरु गरेको हो । प्रतियोगितालाई प्रत्येक बर्ष निरन्तरता दिने क्रममा यही असोज १ गतेबाट खेल सञ्चालन गर्न लागिएको आयोजक क्लवका अध्यक्ष श्रीकृष्ण राउतले जानकारी दिए ।
यस बर्ष पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । जिल्लाका करिब ३० क्लवले सहभागिता जनाउने अपेक्षा रहेको उनले बताए । यस बर्ष प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनको लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । खेलाडी उत्पादन, भाइचाराको विकास एवम् दशैंको शुभकामना आदानप्रदानको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चुरियाई क्लवका सचिव रबिन्द्र खड्काले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहने क्लवले यही भदौ ३१ गते १० बजेसम्म टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क ४ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ । फोटोः गुगल
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




