Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु–१९ एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

nepal-bangla-1567992497.jpg

२३ भदौ, हेटौंडा । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो ।
दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । १९ रन जोड्दा सुरुवाती दुई विकेट गुमाए पनि त्यसपछि संयमित ब्याटिङ गरेको बंगलादेशले विजय हासिल गरेको हो ।
बंगलादेशका लागी कप्तान अकबर अलीले ८२ बलमा अविजित रहँदै ९८ रन जोडे भने नेपालका कमल सिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १÷१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो । पवन सर्राफले ८१ तथा सन्दीप जोराले ५६ रन बनाए । यस्तै, रित गौतमले ३२, कुशल मल्लले २८ तथा भिम सार्कीले २१ रन बनाए । 
बंगलादेशका लागी तान्जिम हसन शकिब र साहिन आलमले २÷२ विकेट लिएका थिए ।
लगातार दुई जितसहित बंगलादेश सेमिफाइनलमा पुगेको छ भने पराजित नेपाल बाहिरिएको छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । 
अब नेपालले समूहको अन्तिम खेलमा सान्त्वना जितका लागि मंगलबार युएईसँग खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै भारत र अफगानिस्तान सेमिफाइनलमा पुग्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिसकेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार